Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थयुवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजको साझेदारी

युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजको साझेदारी


काठमाडौँ। नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदारका रुपमा सहकार्य गर्ने भएको छ।

सहकार्यमा सम्मेलन आयोजक कमिटिका संयोजक बिशाल गैरे र ब्रिटिस कलेजका तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेललले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा बसेर स्टार्टअप गरिरहेका उद्यमी, इनोभेसनमा सक्रिय हुने युवाहरुको यो सम्मेलन उपयोगी हुने देखेर सम्मेलनमा सहकार्य गरेको ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्र कँडेलले बताए।

ब्रिटिस कलेजले स्टार्टअप उद्यम, डिजिटल रुपान्तरण र गुणस्तरीय शिक्षालाई उद्यमशीलता र सीपसँग जोडेर सैद्ध्रान्तिक मात्र नभएर ब्यवहारिक कार्यक्रममा जोड दिएको उनले बताए।

नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने बताए।

यस्तै नेपालको युवा उद्यमशीलता मार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट– २०३० को निमार्ण एवम् कार्यान्वयनका लागि शिखर सम्मेलन उपलब्धिमूलक हुने बताए।

उनका अनुसार ७० जिल्लाका ५०० युवा उद्यमीहरु शिखर सम्मेलनमा सहभागी हुनेछन्।
प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो वर्षको सम्मेलनमा ‘युवा नर्वप्रवर्तनः लगानी र समृद्धि’ भन्ने नारा तय गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT