प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे कांग्रेस सडकमा जान्छःदेउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताए । 

 

सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै लोकतन्त्रको अर्को पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिए । 

 

उनले चुनावमा कसैले जित्नु र हार्नु स्वाभाविक भएको बताउँदै काँग्रेस पराजयलाई रचनात्मक धक्काका रुपमा स्वीकार्दै पार्टीको सुदृढीकरण र नवनिर्माणका लागि अगाडि बढ्ने बताए । 

 

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कहीँ कतैबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य देखिएमा सिंगो काँग्रेस सडकमा उत्रने बताए । 

 

उनले लोकतन्त्र, समावेशिता, संघीयता र नयाँ संविधान कार्यान्यनका पक्षमा काँग्रेस सदैव क्रियाशील हुने बताउँदै ट्रेड युनियनलाई बचाउन युनियन सदैव क्रियाशील हुनुपर्ने धारणा राखे । 

 

काँग्रेसका उपसभापति विमलेन्द्र निधिले २७ वर्ष पहिले १७ पत्रकार मिलेर गठन भएको युनियन प्रजातान्त्रिक पत्रकारको साझा संस्था भएको बताए । 

 

उनले संघीयता, समावेशिता, संविधान कार्यान्यवनमा भन्दा पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखी छिमेकीलाई खुशी राख्न सरकार लागिपरेको आरोप लगाउँदै सस्तो लोकप्रियता सरकारको पहिलो काम भएको बताए । 

 

काँग्रेसका महामन्त्री डा शशांङ्क कोइरालाले आफ्नो चिन्ता पार्टी एकता मात्र भएको बताए । 

 

समारोहमा पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोखरेल, नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, दीपक आचार्य, अजय शिवाकोटी, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 

युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । विसं २०४८ जेठ १३ गते स्थापित सो संस्था प्रजातन्त्रवादी पत्रकारको साझा संस्था हो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को पहिलो सदस्यता प्राप्त गर्ने सो संस्थाको संस्थापक अध्यक्षमा जेपी गुप्ता छन् । 

 

स्थापनाकालदेखि पत्रकारको हकहितमा आवाज उठाउँदै आएको सो संस्थाको देशभर संगठन विस्तार छ । युनियनको स्थापनाकालका संस्थापक १७ सदस्यमा जेपी गुप्ता, हरि अधिकारी, रमेश तूफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, हरिहरप्रसाद श्रेष्ठ, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान हुनुहुन्थ्यो । हाल संस्थामा १३ हजार सदस्य आबद्ध छन् । 

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 1 hour ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 1 hour ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 1 hour ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।