मानव उत्पतिबारे एक रोचक रहस्य

मानव उत्पत्तिको इतिहास करिब दुई लाख वर्ष पुरानो रहेको केही अध्ययनहरुले देखाएका थिए । तर, मोरक्कोका पुरातात्वविद्ले मानव इतिहास अझै लामो भएको रहस्य सार्वजनिक गरेका छन् ।

 

मानव इतिहास तीन लाख वर्षभन्दा पनि पुरानो भएको दाबी गरेको नेचर पत्रिकाको एक रिपोर्टमा उल्लेख छ । यो रिपोर्टले पुरातत्वविदलाई पनि सोच्न बाध्य बनाएको छ । किनकि हालसम्मको खोजअनुसार मानव इतिहास लगभग दई लाख वर्ष पुरानो भएको तथ्य पत्ता लागेको थियो । अब मानव इतिहास बुझ्नका लागि एक लाख वर्ष पछाडि जानुपर्ने भएको छ ।

 

मोरक्कोको एक पुरातत्विक क्षेत्रमा अनुसन्धानकर्ताहरुलाई मानिसको खप्पर, अनुहार र बंगाराको हड्डी मिलेको छ । यो अवशेष ३ लाख १५ हजार वर्ष पुरानो रहेको बताइएको छ । जसले इतिहासको रुपरेखामा नै परिवर्तन ल्याइदिएको छ । विज्ञानसँग सम्बन्धित नेचर पत्रिकाले छापेको उक्त रिपोर्टले एउटा बहस नै निम्त्याएको छ । यसले पुरातत्वविदहरुमा अनुसन्धानको नयाँ विषय थपिदिएको छ । विश्वका कयौं पुरातत्वविदहरु यसको अनुसन्धानमा लागिपरेका छन् ।

 

यो अनुसन्धान गर्ने टीमका प्रमुख जीन ज्याक्विस हुबालिनले यो मानव इतिहासलाई नै बदल्ने एउटा प्रमुख घटना भएको बताएका छन् । यस अनुसन्धानले मानव इतितहाससम्बन्धि केही रोचक तथ्यहरु बाहिर आउने जनाइएको छ । तर इतिहासमा एक लाख वर्ष पुरानो तथ्य बाहिर आउदैमा इतिहास नै बदलिने भन्ने चाहि होइन तर इतिहासका केही कुराहरुमा फेरबदल आउन सक्ने हुबालिनले बताएका छन् ।

 

हुबालिनले यससम्बन्धि खोज १९९० मा नै गर्न खाजेका थिए तर पैसा र समयको कमीका कारण रोकिएको थियो । सन् २००४ मा जब उनी म्याक्स प्ल्यांक यूनिभर्सिटीका डाइरेक्टर बने त्यसपछि सबैभन्दा पहिले उनले यो प्रोजेक्टमा काम गर्न सुरु गरेका थिए र उनी आज इतिहास नै बदलिदिने एउटा महत्वपूर्ण खोजको तथ्य बाहिर ल्याउन सफल भएका छन् । जसले मानव इतिहासलाई एक लाख वर्ष पछाडि पुर्याइदिएको छ । उक्त अनुसन्धानले मानव इतिहास तीन लाख वर्ष पुरानो भएको तथ्य बाहिर ल्याएको छ ।

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।