Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसर्लाहीको प्रहरी हिरासतमा एक महिला झुण्डिएको अवस्थामा भेटिइन्

सर्लाहीको प्रहरी हिरासतमा एक महिला झुण्डिएको अवस्थामा भेटिइन्


जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा एक महिला झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन्।

चक्रघटा गाउँपालिका– ८ कि वर्ष ४० वर्षीया हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुडिएको अवस्थामा फेला परेकी हुन्।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारका अनुसार राति १० बजे शौचालय गर्न जाँदा शौचालयको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पंजियारले बताए।

खातुन सहित दुई जनालाई साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका– ८ लमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको बताएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि

Techie IT