देवघाटमा पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने

फाइल फाेटाे

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । 

 

देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो । 

 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वीय दर्शन ग्रन्थको अध्ययन, अनुसन्धान, सभ्यता, संस्कृति लगायतका विषयको देशकै पहिलो अध्ययन केन्द्र बनाउन लागिएको हो । 

 

वेद, गीता, पूराण जस्ता महत्वपूर्ण ग्रन्थको अध्ययन गर्न सकिने केन्द्रमा ७० लाख भारतीय रुपैंया भन्दा बढीका पुस्तक रहने छन् । 

 

विद्युतीय पुस्तकालयसँगै सुविधा सम्पन्न साधना र अध्ययन केन्द्र पनि निर्माण गरिने उनले बताए ।समितिले पूर्व अध्यक्ष डा. गुरुप्रसाद सुवेदीको संयोजकत्वमा अध्ययन केन्द्र निर्माणका लागि समिति समेत गठन गरेको छ । 

 

अध्यक्ष पौडेलले तीन वर्षभित्रमा सरकारी र दाताको झण्डैं रु. पाँच करोडको लगानीमा अध्ययन केन्द्र निर्माण गर्न लागिएको बताए । 

 

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट गाउँपालिका–५ मणिमुकुन्देश्वर धार्मिक पार्कसँगै अध्ययन केन्द्र निर्माण हुने बताए । 

 

देशकै पूर्वीय दर्शन अध्ययन केन्द्रका रुपमा देवघाटलाई स्थापित गर्ने समितिको उद्देश्य रहेको उनले बताए । यसले धार्मिक पर्यटक आकर्षण गर्न समेत सहयोग पुग्ने घिमिरेले बताए ।


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 5 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 6 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।