धादिङ नुवाकोट समाज यूकेकोे एघारौं वार्षिकोत्सव र वार्षिक भेला एकैसाथ

  • आइतबार, २७ साउन, २०७५
  • 6 months ago
  • युके

(तस्बिरहरु : शिव भण्डारी )

लण्डन । धादिङ नुवाकोट समाज यूकेले आफ्नो एघारौं वार्षिकोत्सव तथा वार्षिक भेला एक भव्य कार्यक्रमसहित शनिबार लण्डनमा सम्पन्न गरेको छ । 

 

लण्डन, ह्यारोको ह्यारो बरो फुटबल क्लबमा बेलायतका विभिन्न क्षेत्रमा बस्ने सयौं धादिङ तथा नुवाकोट जिल्लावासीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 

 

समाजका अध्यक्ष चोकबहादुर (सिबी ) तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा शुभकामना आदानप्रदान, सम्मान लगायतका औपचारिक कार्यक्रम गरिएको थियो भने दोस्रो चरणमा नेपालबाट आएका राष्ट्रिय कलाकारका साथै विभिन्न स्थानीय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

 

कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष तामाङ र कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गरेका थिए । समाजका महासचिव बुद्धि बहादुर तामाङले कार्यक्रमको सञ्चालन गरेका थिए भने उपाध्यक्ष दीपबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । 

 

राजदूत डा दुर्गाबहादुर सुवेदी

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजदूत डा सुवेदीले धादिङ नुवाकोट समाज यूकेले सामाजिक क्षेत्रमा अनुकरणीय कार्यहरु गरिरहेको भन्दै प्रशंसा गरेका थिए ।

 

'प्रवासमा बसेर पनि आफ्नो थात थलो, जन्मभुमि र गाउं ठाउंमा रहेका दाजुभाई दिदीबहिनीको दुखसुखमा साथ दिने, परेको बेला उनीहरुको आंशु पुछ्ने काम आफैमा प्रशंसनीय छ', राजदूत डा सुवेदीले भने । 

 

आफ्नो जन्मभुमि, कला, संस्कार र नेपालीपनलाई बचाउनु विश्वका हरेक ठाउंमा बस्ने नेपालीहरुको कर्तव्य रहेको जनाउंदै जहां रहेपनि नेपाली भएर बांच्न सक्नुपर्ने बताए । 

 

एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा

 

 

एनआरएन आइसिसीका सदस्य तथा समाजका सल्लाहकार रामशरण सिंखडाले समाजका विभिन्न संघसंस्थाहरुमा क्रियाशिल रहेपनि आफ्नो गाउं ठाउंको संस्थामा हुने आबद्धता फरक र विशेष महत्वको हुने अनुभव सुनाए । 

 

समाजसेवा कुनै मान, प्रतिष्ठा र पदवीको स्वार्थ राखेर हुन नसक्ने भन्दै सिंखडाले  आफुलाई अपमानित गरेरै भएपनि समाजको  सेवामा समर्पित हुन सक्ने मात्र सच्चा समाजसेवी बन्न सक्ने बताए । 

 

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष तामाङले धादिङ नुवाकोट समाजले सञ्चालन गरेका विभिन्न सामाजिक कार्यहरुबारे संिक्षप्त विवरण प्रस्तुत गरे । समाजले आफ्नो गृह जिल्लाहरुमा मात्र नभएर सर्लाही हरिवनको अनाथ आश्रमदेखि सप्तरी बाढीपीडितहरुसम्मलाई सहयोग गरेको जानकारी दिए । 

 

समाजका अध्यक्ष चोकबहादुर (सिबी ) तामाङ

 

कार्यक्रममा लिभरपुल जोन मोर युनिभर्सिटीका एशोसिएट डिन डा पदम सिंखडा, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, मेहेन्दोमय परिवारका अध्यक्ष हरिसिंह वाइवा लगायतले मन्तव्य व्यक्त गर्दै समाजलाई एघारौं वार्षिकोत्सवको शुभकामना दिएका थिए । 

 

त्यसअवसरमा धादिङ तथा नुवाकोट जिल्लाका विभिन्न ठाउंमा स्कुल निर्माण लगायतका सामाजिक कार्यहरु गर्ने तमु धि यूकेका अध्यक्ष ज्ञाम गुरुङ , तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, बेजिङस्टोक नेपाली समाजका अध्यक्ष ओम गुरुङलसहित विभिन्न संघसंस्थाका प्रतिनिधीलाई सम्मान गरिएको थियो । 

 

 

 

कार्यक्रमको दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन समाजकी उपाध्यक्ष देवी रानी गुरुङले गरेकी थिइन् । त्यस अवसरमा नेपालबाट आएकी नायिका छुल्ठिम गुरुङको नृत्य र गायिका मिना लामाका गीतहरु विशेष आकर्षण थिए । 

 

कार्यक्रममा सयपत्री कल्चरल समुहका कलाकारहरु पुष्पा गुरुङ, प्रभु गुरुङ, अबिसा गुरुङ, सन्तोष विश्वकर्मा, कृष्ण पाख्रिन लगायतले आकर्षक सामुहिक तथा युगल नृत्यहरु देखाएका थिए । 

 

सन्तोक गुरुङ र समुहले परम्परागत झांक्रीको प्रस्तुति गरेको थियो भने प्रतिष्ठा त्रिपाठी, सेञ्जिना तामाङ, अनिल गुरुङ, मिलन लामा र सन्तोक गुरुङ सहितका स्थानीय कलाकारले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

 

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 4 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 5 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 5 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।