च्यारिटीका लागि कन्सर्ट गर्दै पूर्व काउन्सिलर धन गुरुङ

  • शुक्रबार, २५ साउन, २०७५
  • 8 months ago
  • युके

लण्डन । बेलायतको फोक्सटनमा गोर्खा सालिक निर्माण परियोजना सफल पारेर चिनिएका बेलायतमा काउन्सिलर पदमा निर्वाचित पहिलो नेपाली  धन गुरुङले एउटा कल्याणकारी परियोजनाका लागि एकल सांगीतिक साँझ आयोजना गर्ने भएका छन ।  

 

झापा जिल्लामा जन्मिएका गुरुङको सांगीतिक पाटोप्रति धेरैलाई थाहा छैन। तर उनले १२ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा थालनी गरेका हुन्।  कोलकाताको म्युजिक एकेडेमी, काठमाडौं र पछि केन्ट कलेज, केन्टरवरी, युकेमा संगीतको अध्ययन गरेका उनले कैयौं गीत रचना गरेका छन् भने संगीत पनि भरेका छन्। 

 

गितार, पियानो र म्यान्डोलिन बजाउने उनले रेडियो नेपालद्वारा आयोजित प्रतिभाको खोजी कार्यक्रममा पनि सहभागिता जनाएका थिए। त्यस्तै उनले टेलिभिजन सिरियलहरु रक्सी, प्रतिघात र सत्यको विजयमा संगीत निर्देशकको जिम्मेवारी पनि निर्वाह गरेका थिए। 

 

सन् १९८७ मा ब्रिटिश सेनामा भर्ती भएका उनले सन् १९९१ देखि २००२ सम्म द हिमालयन टु व्याण्डको नेतृत्व गर्दै  हङकङ, ब्रुनाइ, मलेसिया र युकेमा सांगीतिक प्रस्तुति गरेका थिए। सो व्याण्डले 'मेरी आमा', 'तिमी र म', 'सम्झाइ देउ न कान्छी'लाई जस्ता लोकप्रिय एलबमहरु प्रकाशन गरिसकेको छ । सो व्याण्डका अन्य सदस्यमा राजीव राई, पवन थापा र विनय राई छन् ।

 

ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने सांगीतिक कार्यक्रममा गोर्खा नेप्लीज रक व्याण्ड युकेका आशिक गुरुङ, उर्मिला पल राई, रबीन लिम्बु र क्लासिकल नर्तकी फ्रान्सिस्का घले राईले प्रस्तुति गर्ने पनि आयोजक गोर्खा म्युजिक फाउण्डेशन युकेले जनाएको छ । 

 

“१८ वर्ष पछि हाम्रो व्याण्डको पुनर्मिलन यही २५ अगष्टमा ह्यारो फुटबल क्लब, लण्डन र १५ सेप्टेम्बरमा स्वीण्डनमा हुँदैछ । कार्यक्रमबाट उठेको सम्पुर्ण रकम रोल्पा, थबाङस्थित बलभद्र उच्च माध्यमिक विद्यालयमा सन्चालित कम्प्युटरप्रविधि शिक्षा परियोजना र दार्जिलिङस्थित गोर्खा वार म्युजीयमलाई प्रदान गरिनेछ,” गुरुङले भने। उनले आफ्ना सबै शुभचिन्तक, साथीभाइ तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी हौसला बढाइदिन तथा कल्याणकारी काममा सहयोग गर्न पनि आग्रह गरेका छन्।  

 

लण्डनमा हुने कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहनेछन् भने स्वीण्डनको कार्यक्रममा हिमालयन व्याण्डका एकजना संस्थापक नोर्देन तेन्जीङ भुटियाले पनि प्रस्तुति दिने बताइएको छ। 

 

 


थप समाचार

Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

  • 2 minutes ago
Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

Kathmandu: A total of 454 people lost their lives to several incidents of natural disasters last year in the country, the official data shows.

Unidentified gunmen kill 13 at Mexican party

  • 8 minutes ago
Unidentified gunmen kill 13 at Mexican party

MINATITLÁN, Mexico: Thirteen people, including a child, were killed Friday when a group of unidentified gunmen opened fire on a party in the violence-wracked eastern Mexican state of Veracruz, officia

के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

  • 25 minutes ago
के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।