IIMS College

ISMT

HUB Education

मन्दिर बाहिर भिख माग्दै बसेका करोडपति युवकलाई आफ्नी बहिनीले भेटेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको हरियाणाको अम्बाला क्यान्टको पुरानो अनाज मन्डी मन्दिर बाहिर दुई वर्षदेखि भिख माग्दै आइरहेको युवक करोडपति रहेको पत्ता लागेको छ । दुई बहिनीहरुको एक्लो भाई उनी आजमगढका बासिन्दा हुन् । उनको वास्तविक नाम धनञ्जय ठाकुर हो तर मन्डी आउने–जाने मानिसहरु उनलाई जटाधारी भन्ने गर्थे ।

 

उनका बुबा एक ठूलो कम्पनीका एचआर हुन् । शुक्रबार धनञ्जयकी सानी बहिनी नेहा सिंह जब उनलाई लिन लखनउबाट त्यहाँ पुगिन् तब उनको प्यारो भाई बिछोड भएदेखि मिलेसम्मको कहानी बाहिर आएको छ । खासगरी बिहिबार धनञ्जयको खुट्टाबाट रगत बगिरहेको देखेर ‘गीता गोपाल संस्था’का सदस्य साहिलले उसलाई पट्टीको लागि नजिक बोलाए ।

 

यसै क्रममा उनलाई सोधे, तिम्रो घर कहाँ हो ? मानसिक स्थिती ठीक नभएको कारणले धनञ्जय आफ्नो घर बताउन सकेनन् । तर केही याद गरेपछि उनले एक मोबाइल नम्बर बताए । उक्त नम्बर आजमगढसँग जोडियो । शिशुपालले फोन उठाए । यसपछि साहिलले धनञ्जयको बारेमा कुराकानी गरे तब पत्ता लाग्यो की शिशुपाल धनञ्जयका काका थिए ।

 

उनले नै धनञ्जयको नाम धनञ्जय उर्फ धर्मेन्द्र बताए । धनञ्जय दुई वर्ष पहिले घरबाट गायब भएका थिए । शुक्रबार उनकी बहिनी नेहा ृनलाई लिन पुगिन् । दाजु मन्दिर बाहिर बसेका थिए । दाह्री र कपाल बढेको थियो । बहिनीलाई देख्ने बित्तिकै धनञ्जयले उनलाई चिने । बहिनीको मुखबाट यतिमात्र आवाज आयो की ‘धर्मेन्द्र तिमीलाई भाईको फोन नम्बर याद थियो, तब दुई वर्ष पहिले फोन गराउन सक्थेउ ।’ 

 

 

नेहाले भारतीय मिडियालाई बताइन् की एक्लो दाजु भएको कारणले धनञ्जय परिवारको एकदमै प्यारो थिए र घमण्डी पनि थिए । उनले ग्रेजुएशन गरेका छन् । उनलाई लागुऔषधको नशा लागेको थियो ।

 

जसले गर्दा मनस्थिती बिग्रन पुग्यो र एकदिन घर छाडेर हिँडे । परिवार उनलाई निकै खोजे तर भेट्न सकेनन् । अहिलेसम्म त घरपरिवारको आश मरेको थियो ।

 

दुई दिन पहिले मात्र नेहाले बुबासँग अब दाजु यो दुनियाँमा छैनन् भनेकी थिइन् । उनले दाजु भेट्न भन्दै बिहिबारे व्रत पनि लिएकी थिइन् । संयोग स्वरुप बिहिबार नै भगवानले दाजुको जानकारी दिएको उनी बताउँछिन् । 

 


थप समाचार

अग्नि ‘सर’ अब सभामुख

  • 2 minutes ago
अग्नि ‘सर’ अब सभामुख

काठमाडौँ । धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार

उपसभामुखको राजीनामा कुर्दै संसद सचिवालय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु

  • 2 minutes ago
उपसभामुखको राजीनामा कुर्दै संसद सचिवालय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामाको विषयमा छलफल सुरु भएको छ ।

नारामै सिमित ‘बिहेवारी, बीस वर्षपारि’

  • 4 minutes ago
नारामै सिमित ‘बिहेवारी, बीस वर्षपारि’

निरज गौतम नेपालगञ्ज । युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेत



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।