‘धरोहर’ कोसेली लिएर आए पत्रकार पारस

काठमाडौं । व्यवसायिकता र मनोरञ्जनका नाममा नेपाली संगीतमा अचेल बेथिति भित्रिइरहेको गम्भीर खाले गुनासो संगीतपारखीहरूको रहंदै आएको छ ।

 

नेपाली जातिलाई र नेपालित्वलाई विस्तार गर्ने, यसको जड गहिरो बनाउनेमध्येको एउटा विषय संगीत अर्थोपार्जनको माध्यम मात्रै भयो भन्दै उनीहरूले चित्त दुखाउने गरेका छन् । यो पृष्ठभूमिमा गायक पारस नेपाल कर्णप्रिय कोसेलीसहित आएका छन् ।

 

राष्ट्रभाव र भाइचाराका गीत कम निस्किरहेका बेला पारसले ‘धरोहर’ श्रोतामाझ ल्याएका हुन् । यो उनको पहिलो गीति एल्बम हो ।

 

केही वर्षदेखि फाट्टफुट्ट गीत रेकर्ड गर्दै आएका उनले यो एल्बममा पनि देश र जीवनजगतकै सिर्जना समेटेका छन् । यसमा पांच गीत छन् : ‘कस्तो हुन्थ्यो,’ ‘गर्मी भयो रे भन्छन्,’ ‘दायांबायां बेथिति छ,’ ‘सबै भन्छन् तिमीलाई तिमी मान्छे ठूलो’ र ‘तिमीले टेक्ने माटो उही’ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको ‘कस्तो हुन्थ्यो’ गीतमा गांस, बास र कपासको सन्दर्भ कोट्टयाउंदै भ्रातृप्रेम दर्साइएको छ । लोकप्रिय कवि/गीतकार क्षेत्रप्रताप अधिकारी लिखित ‘गर्मी भयो रे भन्छन्’ मा रोजगारी वा अन्य कारणले विदेशमा रहेका, विशेषतः खाडी मुलुकमा रहेका नेपालीहरूको राष्ट्रप्रतिको चिन्तालाई अभिव्यक्त गरिएको छ ।

 

‘दायांबायां बेथिति छ’ आर्किटेक्ट अमन मास्केले लेखेका हुन्, जसमा जसले जे जान्दछ, त्यही काम नगरिदिनाले नेपालको बेहाल भएको उल्लेख छ । वरिष्ठ कवि/गीतकार दिनेश अधिकारीको ‘सबै भन्छन् तिमीलाई’ गीतमा आफूलाई ठूलाठालु सम्झिनेहरूप्रति व्यंग्य गरिएको छ । कवि÷कथाकार फूलमान वल लिखित ‘तिमीले टेक्ने माटो उही’ मा नेपाल सबै जाति र धर्मको फूलबारी रहेको उल्लेखसहित जातीय सद्भावलाई स्वर दिइएको छ । यी सबै गीत जुगल डंगोलले संगीतबद्ध र एरेन्जमेन्ट गरेका हुन् ।

 

‘आफैं भाषासाहित्यको पनि विद्यार्थी रहेकाले गीत छनोटमा मैले कुनै सम्झौता गरेको छैन,’ पुस्तक सम्पादकसमेत रहेका पारसले भने, ‘यी गीत सुन्दा तपाईंले अर्थपूर्ण कविता सुनेको आनन्द पनि पाउन सक्नुहुन्छ । खांट्टी नेपाली पाराको संगीतमा मैले उत्तिकै मन दिएर गाएको छु ।’

 

 

वरिष्ठ गायक प्रेमध्वज प्रधानले पारसका गीतहरूले आफूलाई पुराना दिनको शैली सम्झाएको बताएका छन् । ‘यो एल्बममा हाम्रो पालाको जस्तै आधुनिक गीत शैलीका सिर्जना छन्,’ उनले भनेका छन्, ‘पारस भाइको स्वर मीठो छ । सस्टेन नोट र मिडमा राम्रो सुनिने रहेछ । उहां पत्रकार भए पनि गायनलाई निरन्तरता दिन म सुझाव दिन्छु ।’

 

वरिष्ठ साहित्यकार प्रा. अभि सुवेदीले ‘धरोहर’ का गीत सुनेर आफूलाई प्रेरणा जागेको टिप्पणी गरेका छन् । ‘भावनाभित्रको अभिव्यञ्जना समाउंदै भित्रै पसेर गाउन सक्ने सामथ्र्य पारसको स्वरमा पाएं,’ उनले भनेका छन्, ‘उनले यो शैलीलाई अझ व्यापक बनाउनु आवश्यक छ । उनको स्वरमा डाइमेन्सन छ । उनले कविता नै गाइदिएका छन् । गीतहरू सुनिरहन मन लाग्ने गरी बनेका छन् ।’

 

पारसका अनुसार, ‘कस्तो हुन्थ्यो’ गीतको भिडियो पनि बनेको छ, जसलाई युट्युबमा हेर्न सकिन्छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।

 

कान्तिपुर दैनिकमा कार्यरत पारस यसअघि आफ्नै रचनाको ‘नालापानी कालापानी’ जस्तो गीतसहित श्रोतामाझ आएका थिए ।

 

‘कस्तो हुन्थ्यो’ गीतको म्युजिक भिडियो लिंक...

 


थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 2 hours ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 3 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 3 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।