धितोपत्र बजारः कारोबार रकम अर्ब पनि पुगेन

  • शनिबार, २६ साउन, २०७५
  • 8 months ago
  • अर्थ

काठमाडौँ । धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ । कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम भने रु ९१ करोड ८७ लाख ३२ हजारमा मात्रै सीमित भएको छ । 

 

यस साता कूल ३६ लाख ४७ हजार आठ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४।६८ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयर रु एक अर्ब सात करोड ६७ लाख ४८ हजारमा कारोबार भएको थियो । 

 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९।२५ अंकले घटेर अन्तिम दिन एक हजार १८०।६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १।८४ अंकले घटेर २४९।१३ अंकमा आइपुगेको छ । 

 

यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ९० लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । 

 

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको कूल पाँच लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 


थप समाचार

श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

  • 25 minutes ago
श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

काेलम्बाे । श्रीलंकामा आइतबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।

काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

  • 51 minutes ago
काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।

संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

  • 1 hour ago
संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताको मर्मअनुसार कर्म हुन नसकेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोक



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।