IIMS College

ISMT

HUB Education

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ । 

 

नेपालमा नोट छाप्ने र त्यसको नियमन तथा नियन्त्रण गर्ने एक मात्र निकाय नेपाल राष्ट्र बैंकले नोट छाप्नकै लागि वर्षेनी करोडौं रकम खर्चिन्छ । नोटको सुरक्षाको लागि भन्दै सचेतनामूलक सन्देशहरू बारम्बार प्रकाशन गर्ने गर्दछ । तर अपेक्षित रूपमा नेपालमा नोटको सुरक्षा हुने गरेको पाइदैँन ।

 

बजारमा नेपाली नोटको प्रयोग अत्यन्तै क्रुर शैलीमा हुने गर्छ भन्दा अतिशयोक्ति नहोला । यसको प्रयोग कुन हदसम्म कसरी भइरहेको छ भन्ने तपाईं हामीले दैनिक जीवनमा देखिरहेकै पनि छौँ । कच्याकुचुक पारेर, च्यातेर, सेलो टेपले टालेर, जथाभावी केरेर नोटको प्रयोग भइरहेको हामी पाउँछौ ।

 

नोटको जथाभावी प्रयोग गर्ने सवालमा व्यक्ति मात्रै होइन, बैंक, वित्तिय संस्था तथा सरकारी निकायहरू नै कतिसम्म गैरजिम्मेवार छन् भन्ने एउटा दृष्टान्त धादिङ जिल्लाको धुनिबेशी नगरपालिकाले दिएको छ । धुनिबेशी नगरपालिकाको छाप र वडा अध्यक्षको नाम सहितको स्ट्याम्प लगाइएको रू. एक सयको एउटा नोट सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै स्थानीय निकायको नोटप्रतिको गैरजिम्मेवार हर्कत प्रष्ट भएको हो ।

 

धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नम्बर ७, खानिखोलामा रहेको वडा कार्यालयले ए/७१ २६२७६९ नम्बरको १ सय रुपैयाँको नोटमा तीन स्थानमा बिनाअर्थ छाप हानेको पाइएको छ । उक्त नोटमा वडा अध्यक्ष केदार प्रसाद पाठकको नामको समेत छाप हानिएको छ । यसले नोटप्रति उक्त वडाले अपनाएको गैरजिम्मेवार हर्कतलाई प्रष्ट पार्दछ ।

 

राष्ट्र बैंकले नोट प्रयोग सवालमा दिने गरेका सबै निर्देशनहरूलाई धुनिबेँशी नगरपालिकाको उक्त वडा कार्यालयले ठाडो उपेक्षा गरेको देखिन्छ । नोटमा जथाभावि रुपमा केरमेट गर्न नहुने नोट प्रयोगको प्राथमिक शर्तलाई स्थानीय सरकारले नै उपेक्षा गरेपछि नागरिकमा त्यसको कस्तो प्रभाव पर्ला ? प्रश्न उब्जेको छ ।

 

यो घटना एउटा दृष्टान्त मात्रै हो । यस्ता घटनाहरू बारम्बार विभिन्न अवस्थामा घटिरहेकै छन् । केही समयअघिसम्म बैंक तथा वित्तिय संस्थाहरूमा नोटका बण्डलमा स्टिच गर्ने प्रचलन थियो । राष्ट्र बैंकको कडा निर्देशन पश्चात् अहिले नोटको बण्डलमा स्टिचिङ गर्न बन्द गरिएको छ । त्यस्तै २०७४ को स्थानीय निकायको चुनावमा ललितपुर महानगरको मेयरमा विजयी चिरीबाबु महर्जनलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाजीमा हारेको एक हजारको नोटमा हस्ताक्षर गरेर दिएपछि यो विषय पुनः चर्चामा आएको थियो ।

 

नागरिकलाई नोट प्रयोगको काइदा सिकाउन लाग्नुपर्ने निकाय र सार्वजनिक जीवनका चिरपरिचित व्यक्तिहरू नै नोटको प्रयोगमा संवेदनशील नहुने हो भने यसले सरकारी ढुकुटीको सत्यानाश सिवाय केही गर्दैन । यस विषयमा नेपाल राष्ट्र बैंक सचेत हुने कि नहुने ? फर्मानको शैलीमा टिप्स, आदेश र निर्देशन जारी गरेर मात्रै जिम्मेवारी पुरा हुन्छ ? प्रश्न राष्ट्र बैंकलाई पनि गर्न सकिन्छ ।

 


थप समाचार

मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

  • 8 minutes ago
मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

एजेन्सी । सन् २०१८ डिसेम्बारमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका प्रशिक्षक जोसे मोउरिन्होलाई टोटनहम क्लबले सफलता पाउने विश्वास गर्दै प्रशिक्षक पदमा नियुक्त गरेको छ ।

कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

  • 14 minutes ago
कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

परासी । तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भए

पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

  • 22 minutes ago
पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

रौतहट । समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार पहाडी मुलका नागरिकको विकास र समृद्धिको लागि मात्रै लागिपरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्ट



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।