दुई यस्ता ग्रहहरु जहाँ हिराको वर्षा हुन्छ

एजेन्सी । धर्तीमा मानिसहरुलाई थाहा छ हिराको मुल्य कति पर्छ । कतिपय मानिसहरुको जीवन त एउटा हिरा किन्नमा नै जीवन सकिन्छ ।

 

यस्तैमा कसैले तपाईलाई सौर्यमण्डलका दुई ग्रह छन् जहाँ हिराको वर्षा हुन्छ भन्दा के गर्नुुहन्छ ? हाम्रो सौर्य प्रणालीमा दुई यस्ता ग्रहहरु रहेका छन् जहाँ हिराको वर्षा हुन्छ । ती ग्रहहरु वरुण (नेप्टुन) र अरुण (युरेनस) । 

 

वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘अरुण र वरुण ग्रहमा बहुमुल्य रत्न हिराहरुको वर्षात् भइरहेको छ । यो पछिल्ला केही दिनहरुमा भइरहेको घटना हो ।’ वैज्ञानिकहरुका अनुसार यी दुई ग्रहको भित्री भागमा एट्मास्फियरिक प्रेशर धेरै नै हुन्छ जसका कारण हाइड्रोजन र कार्बन बण्ड टुट्न जान्छ ।

 

यही कारण यी ग्रहहरुमा हिराको वर्षात् भइरहेको छ । विशेषज्ञका अनुसार पछिल्ला हजार वर्षसम्म हिरा विस्तारै विस्तारै प्लेनेट्सको हिउ सतहमा जम्मा भएर रहेको थियो । 

 

यी ग्रहहरुको संरचना पृथ्वीभन्दा धेरै फरक रहेको छ । यो ग्रहमा हाइड्रोजन र हिलियम ग्याँसको दबदबा रहेको छ । वैज्ञानिकहरुका अनुसार यो ग्रहको भित्री भागमा लगभग ६२०० मील भित्र अत्याधिक दबाब हुनेगर्छ । यही कारण यो ग्रहमा हिराको वर्षात् हुनेगर्छ । 

 


थप समाचार

नेदरल्यान्ड्स प्रहरीद्वारा ट्रामका शंकास्पद आक्रमणकारी पक्राउ

  • 5 minutes ago
नेदरल्यान्ड्स प्रहरीद्वारा ट्रामका शंकास्पद आक्रमणकारी पक्राउ

उट्रेख्ट, नेदरल्यान्ड्स । नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ ।

इन्डोनेसियामा ९० जनाको मृत्यु

  • 6 minutes ago
इन्डोनेसियामा ९० जनाको मृत्यु

जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब ९० पुगेको छ ।

'लोभी र स्वार्थी सलाह'

  • 28 minutes ago
'लोभी र स्वार्थी सलाह'

एजेन्सी । लिभरपुलका स्टार खेलाडी मोहमम्द सलाहलाई पुर्व लिभरपुल खेलाडी जेम्मी कारागारले लोभी र स्वार्थी खेलाडी भएको बताएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन ।

विचित्र विश्व

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।