नेपालको उच्च शिक्षामा डायष्पोराको भूमिकाबारे क्यानाडामा सम्मेलन हुने

  • शुक्रबार, १ आषाढ, २०७५
  • 7 months ago
  • युके

लन्डन । नेपालको उच्च शिक्षामा डायष्पोराको भूमिकाबारे क्यानाडामा एक सम्मेलन हुने भएको छ । ग्लोवल पोलिसी फोरम फर नेपाल, ओटवास्थित नेपाली राजदूतावास, एनआरएनए क्यानडा, असोसिएसन अफ नेपलिज इन द अमेरिकाज र क्यानडा फाउण्डेशन फर नेपालले संयुक्त रुपमा उक्त सम्मेलन गर्न लागेका हुन् ।

 

आगामी ७ जुलाई, २०१८ का दिन वाइक्लिफ कलेज, युनिभर्सिटी अफ टोरोन्टोमा सम्मेलन तय भएको हो । सम्मेलनमा क्यानडा, अमेरिका र युरोपका विज्ञहरुले नेपालको उच्च शिक्षा कार्यक्रममा डायस्पोराको भूमिकाबारे विभिन्न कार्यपत्र पेश गर्नेछन् । 

 

ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रा। डा. सूर्यप्रसाद सुवेदीका अनुसार, सम्मेलनमा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेल, क्यानडाका संघीय सांसद डा। गेङग टान, बेलायतस्थित लिडस विश्वविद्यालयका प्रा। सूर्य सुवेदी, युनिभर्सिटी अफ न्यू ब्रन्सवीका प्राध्यापक बासु शर्मा, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक जित जोशी, युनिभर्सिटी अफ रेजइनाका प्राध्यापक द्रोण रसाइली, युनिभर्सिटी अफ फलोरिडाका प्राध्यापक शिव गौतम र युनिभर्सिटी अफ कनेक्टिकटका प्राध्यापक डा। विद्या रन्जितले मन्तव्य दिने तय भइसकेको जानकारी दिए । 

 

डा। सुवेदीले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि डायष्पोरामा रहेका नेपाली विज्ञहरुले अनुसन्धान, व्यवस्थापन, पाठयक्रम विकास र दूर शिक्षा (डिस्टायन्स टिचिङ) मा कसरी सहयोग गर्न सक्छन् भन्ने सम्वन्धमा सम्मेलनमा छलफल हुने समेत बताए । उक्त सम्मेलनको आयोजक कमिटीमा डा। अम्बिकाप्रसाद अधिकारी, डा। तुलसी धरेल, डा। गोविन्द दाहाल, नवराज गुरुङ र गोपीकृष्ण काफ्ले छन् 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 10 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 18 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 34 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।