पशुपतिनाथ मन्दिरको सहयोगार्थ तीज मनाउंदै लण्डनको दिदीबहिनी समुह

  • बुधबार, १६ साउन, २०७५
  • 1 month ago
  • युके
कार्यक्रममा सहभागिताका लागि दिदीबहिनी समुहका सदस्यहरुले बेलायतबासी सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरु समेतलाई आव्हान गरेका छन् ।

(तस्बिर : शिव भण्डारी)

लण्डन । साउथ ईस्ट लण्डनमा बस्ने नेपाली महिलाहरुको 'दिदीबहिनी समुह'ले यस वर्षको तीजको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । 

 

आउंदो अगस्ट ११ तारिखको सांझ प्लमस्टिडस्थित रयाडिकल क्लबमा 'हरितालिका तीज कार्यक्रम २०१८' आयोजना गर्न लागिएको हो । 

 

सांझ ५ बजेदेखि सुरु हुने कार्यक्रम राती साढे १० बजेसम्मको लागि तय गरिएको छ । नेपाली दिदीबहिनीहरुलाई एक ठाउं भेला गरेर एक आपसमा रमाइलो गर्दै तीजको नाचगान गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको हो । 

 

कार्यक्रमबाट केहि रकम संकलन गरेर प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरलाई सहयोग गर्ने योजना समेत दिदीबहिनी समुहले बनाएको छ । 

 

पशुपति मन्दिरको सहयोगार्थ तीज कार्यक्रमबाट सुरु हुन लागेको दिदीबहिनी समुहको सामाजिक कार्यको यात्रा भविष्यमा अरु क्षेत्रसम्म पनि बिस्तार गर्दै जाने लक्ष्य रहेको समुहकी एक सदस्य अनिता केसीले बताइन् । 

 

हरितालिका तीज कार्यक्रमका लागि १५ पाउण्डको टिकट राखिएको छ भने बालबालिकाको लागि ८ पाउण्ड मात्र लाग्नेछ । दिदीबहिनी समुहले गर्न लागेको पहिलो कार्यक्रममा सहभागिताका लागि उनीहरुले बेलायतबासी सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरु समेतलाई आग्रह गरेका छन् । 

 

दिदीबहिनी समुहमा अनिता केसी, माया केसी, अर्चना लिम्बू, बसन्ती राना मगर, लक्ष्मी तिमिल्सिना, श्रद्धा थापा, अञ्जना थापा, टिना थापा, हिमा क्षेत्री, लक्ष्मी बस्नेत, उमा गुरुङ, एलिना श्रेष्ठ र संगीता थापा लगायतका दिदीबहिनी आबद्ध छन् । 

 

कुनै पनि सानो , ठूलो पद विभाजन बिना नै सबै दिदीबहिनीहरुलाई समान तहको सदस्यको रुपमा राखेर काम गर्ने परिपाटी दिदीबहिनी समुहले सुरु गरेको छ । समुहका सबै सदस्यले  समान हिसाबले सम्मानित महसुस गर्ने गरी काम गर्ने उद्धेश्यले समुहमा सबैजना सदस्यकै रुपमा राखिएको बताइएको छ । 

 

बेलायतमा रहेका सयौं नेपाली संस्थाहरुमाझ सांच्चीकै पृथक पहिचान बनाउने दृढताका साथ अहिले  यो समुह अघि बढिरहेको छ ।  बेलायतमा रहेका सबै क्षेत्र, जाति, समुदाय र पेशाका नेपाली दिदीबहिनीहरुलाई समेटेर उनीहरुबीच एकआपसमा सुखदुख बांड्ने चौतारीका रुपमा स्थापित हुने लक्ष्य समुहसंग छ । 

 

 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 2 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 3 hours ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 9 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।