ISMT

HUB Education

प्लमस्टिडमा दिदीबहिनी समुहको तीज पार्टी हुंदै

  • बुधबार, १ साउन, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । हिन्दू नारीहरुको महान पर्व तीज आउन केहि समय बांकी रहंदै यसको चहलपहल भने सुरु हुन थालेको छ ।

 

यसैक्रममा साउथ ईस्ट लण्डनस्थित दिदीबहिनी समुहले पनि आफ्नो तीज विशेष वार्षिक कार्यक्रम यहि जुलाई २७ मा आयोजना गर्ने भएको छ । 

 

प्लमस्डिस्थित र्याडिकल क्लबमा साँझ ५ देखि राती अबेरसम्म तीजको नाचगान गर्ने कार्यक्रम छ । 

 

दिदीबहिनी समुहको तीज पार्टीमा तीजगीतमा नाचगान गर्ने, दर खाने लगायतका मनोरञ्जनात्मक कार्यक्रमसंगै आकर्षक  पुरस्कारसहितको राफल ड्र पनि गरिाइंदैछ । जसमा पहिलो पुरस्कार सुनको चन्द्रमा राखिएको छ । लुम्बिनी टेलर्स, दिव्या राठोर र माया केसी लगायतले पनि विभिन्न पुरस्कार प्रायोजन गरेका छन् । 

 

कार्यक्रमको टिकटको लागि प्लमस्टिडस्थित साइनी ब्युटी हेयर सलुन, लुम्बिनी टेलर्स र समुहका सदस्यहरुलाई सम्पर्क गर्न सकिनेछ ।

 

दिदीबहिनी समुहमा संगिता थापा, अनिता केसी, रञ्जना केसीे, अञ्जना थापा, माया केसी, श्रद्धा थापा, बसन्ती राना, हिमा क्षेत्री, र लक्ष्मी बस्नेत लगायत आबद्ध छन् । 

 

कार्यक्रममा सहभागिताको लागि दिदीबहिनी समुहले बेलायतबासी सबै नेपाली दिदीबहिनीलाई आग्रह गरेको छ ।

 

 

 


थप समाचार

पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

  • 9 minutes ago
पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती

बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

  • 23 minutes ago
बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

एजेन्सी । बलिउडमा फिल्मको वर्षा नै हुन्छ । यसमा कुनै फिल्मले आक्रामक व्यापार गर्छ भने, कुनै फिल्मले लगानि समेत उठाउन सक्दैन । बलिउडले दर्शकको साथ एकदमै पाउँछ भने, भारतमा मात्र नभई अन्य देशहरुमा पनि मन

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 1 hour ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।