IIMS College

ISMT

HUB Education

डिजिटल प्रविधिमा अङ्ग्रेजी भाषा शिक्षण

प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ललितपुर । मुलुकको विभिन्न आठ जिल्लाका ४८ सामुदायिक विद्यालयमा डिजिटल माध्यमबाट अङ्ग्रेजी विषयको शिक्षण भइरहेको छ । निम्नवर्गीय परिवारका बालबालिकाको शिक्षामा सुधारका लागि सो शिक्षण प्रविधि अघि बढाइएको हो । ‘सूचना सञ्चार र प्रविधिमा आधारित अङ्ग्रेजी भाषा शिक्षण सिकाइ’ नामक उक्त कार्यक्रम गत वैशाखदेखि सञ्चालन गरिएको नेपाल अङ्ग्रेजी भाषा शिक्षकको सङ्घ (नेल्टा) ले जनाएको छ । 

 

नेल्टा ललितपुरका अध्यक्ष गोकुल घिमिरे शर्माले भने, “विगतमा नेल्टाले पहिलो चरणमा डिजिटल शिक्षण पढाउने शिक्षकलाई एक दिनको सो विषयमा आधारित तालीम दिई देशका सात वटा सामुदायिक विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत छात्र २० र छात्रा २० गरी ४० जना बालबालिकालाई आफ्नो कार्यालयमा अङ्ग्रेजी भाषाको पाठ्यक्रम अध्यापन गराइसकेको छ ।” गत वैशाखदेखि ललितपुरका छ वटा सामुदायिक विद्यालयमा पहिलो परियोजनाका रुपमा यी तीन वटा कक्षाका पाठ्यक्रमलाई डिजिटलाइट गरेर अनलाइन वा अफलाइन दुवैबाट पढाउन आरम्भ गरेको घिमिरेले जानकारी दिए । 

 

यस किसिमको शिक्षा प्रदान गर्ने शिक्षकले कक्षाकोठामा कुनै पुस्तक वा आवश्यक सामग्री बोकेर जानु नपर्ने शर्माले बताउनुभयो । स्थानीय सरकार मातहत रहेका नगर र गाउँपालिका जसको विद्यालयमा इमेल र इन्टरनेटको सुविधा छ । नेल्टासँग जसले सहयोगका लागि कुरा अघि बढाउछन्, यी विद्यालयमा गएर आफूहरुले सो शिक्षणको कार्यक्रम अघि बढाउने शर्माले बताए ।

 

अति ग्रामीण भेगमा रहेका अङ्ग्रेजी भाषाको पहुँचबाट निकै पर रहेका विद्यार्थीलाई यस्तो किसिमको शिक्षाले निकै सहयोग पु¥याइरहेको विज्ञको बुझाइ छ । ग्रामीण भेगका तीन वर्षदेखि १६ वर्ष उमेरमुनिका बालबालिका जसको अङ्गेजी भाषासँग पहुँच छैन् त्यसलाई नेल्टाले निकै सहयोग गरिरहेको छ । 

 

गोदावरी नगरपालिकाले यस किसिमको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन रु छ लाख बजेट विनियोजन गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “रु तीन लाख कार्यक्रमका लागि र अर्को रु तीन लाख आवश्यक सामग्री खरीदका लागि दिएका हौँ । 

 

गोदावरीको किटिनी माध्यमिक विद्यालय, नवज्योति मावि, सरस्वती मावि र लेलेको सरस्वती मावि, वृद्ध मावि र पथप्रदर्शक माविमा यस किसिमको शिक्षण सिकाइ भइरहेको छ ।” गत वैशाखदेखि नेल्टाले पहिलो परियोजनाका रुपमा गोदावरी क्षेत्रका यी विद्यालयमा सो शिक्षण सिकाइ आरम्भ गरेको महर्जनले बताए । 

 

यस किसिमको शिक्षण सिकाइलाई अघि बढाउन इन्टरनेट, ल्यापटप, प्रोजेक्टर र कम्प्युटरको व्यवस्था हुनु अति नै आवश्यक रहन्छ । यस किसिमको सिकाइमा डिजिटल बोर्डको प्रयोग गर्ने हुँदा बालबालिकालाई अध्ययन तथा अध्यापन गराउँदा चित्र, अनुवाद र शब्दकोषको समेत प्रयोग गरिन्छ । विद्यार्थीले कुनै वस्तुबारे बुझ्नुपर्दा पढेर मात्र नभई हेरेर पनि ज्ञान हासिल गर्न सक्नाले यी प्रविधि अपनाउने बालबालिकाको पढ्ने बानी निकै बढेको नेल्टाका पदाधिकारीले जानकारी दिए । 

 

सो किसिमको शिक्षण सिकाइ गोदावरीभित्रका छ वटा विद्यालयमा हप्ताको तीन दिन अनिवार्य हुने गरेको छ । शिक्षकको पेशालाई व्यवस्थित र मर्यादित गराउन सो सिकाइले निकै सहयोग गर्ने बताइएको छ । मुलुकको चार प्रदेशमा सो किसिमको अध्ययन र अध्यापन भइरहेको छ । नेल्टा एउटा विशुद्ध शिक्षक र विद्यार्थी वर्गको हकहितमा काम गर्ने गैर नाफामूलक संस्था हो । 

 


थप समाचार

टर्कीमा भूकम्प

  • 54 seconds ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

  • 5 minutes ago
कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

एजेन्सी । चीनमा हजारौँ मानिसको ज्यान लिएको कोरोना भाइरस इटालीमा पनि विस्तारै फैलिन थालेपछि इटालियन सरकारले ठुलै कदम उठाएको छ ।

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

  • 12 minutes ago
कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।