मेडस्टोनका काउन्सिलर उम्मेदवार खड्कालाई चुनावी घरदैलोको व्यस्तता

  • बुधबार, ४ बैशाख, २०७६
  • 1 month ago
  • युके

 

लण्डन । आउँदो मे २ मा हुने बेलायतको स्थानीय निर्वाचनमा केन्टको मेडस्टोनबाट लड्दैछन् दिनेश खड्का ।

 

मेडस्टोनको हाई स्ट्रिट वडामा लिबेरल डेमोक्रयाट पार्टीका तर्फबाट काउन्सिलर उम्मेदवार उनी यतिबेला आफ्नो चुनावी प्रचारप्रसारको लागि मतदाताहरुको घरदैलोमा व्यस्त छन् ।नोभेम्बर महिनाको दोस्रो सातादेखि नै सुरु भएको खड्काको चुनावी अभियान निर्वाचनको नजिक आइपुग्दा थप तीब्र बन्दैछ । 

 

निर्वाचनको लागि २ साता बांकी रहंदासम्म आफ्नो क्षेत्रका बहुसंख्यक मतदाताको ढोकासम्म पुगिसकेका खड्कासंग निर्वाचनअघि सबै मतदातासम्म पुग्ने योजना छ । 

 

'अहिलेसम्म मैले मेरो क्षेत्रका ८ सय ५० परिवारहरुसम्म पुगेर आफ्ना कुराहरु राख्ने र चुनावी पर्चा बांड्ने काम गरिसकेको छु', खड्का भन्छन्,  'अब निर्वाचनको अघिल्लो दिनसम्मै यो अभियान जारी राख्नेछु ।' 

  

 

चुनावी घरदैलोदेखि पर्चा वितरण लगायतका कार्यक्रममा उनलाई लिबेरल डेमोक्रयाट पार्टीका स्थानीय नेताहरु, काउन्सिलरहरु र नेपाली समुदायका सदस्यहरु समेतले सघाइरहेका छन् । 

 

खड्का उम्मेदवार रहेको क्षेत्र लिबेरल  डेमोक्रयाट पार्टीको बलियो पकड रहेको क्षेत्र हो ।  'यहाँ विगत २५ वर्षदेखि हाम्रै पार्टीले चुनाव जित्दै आएको छ । जनताको मन जित्ने गरी काम गर्न समेत पार्टी सफल छ', खड्काले भने, 'राष्ट्रिय तहको राजनीतिमा सत्तारुढ कञ्जरभेटिभ र विपक्षी लेबरप्रति जनतामा रहेको निराशाले पनि हाम्रो पार्टीप्रति जनताको थप सहानुभुति रहने विश्वास छ ।'

 

खड्काको क्षेत्रमा मतदाताको कुल संख्या ७५ सय छ । जसमध्ये नेपालीहरु पनि ५० भन्दा बढि छन् ।  

 

सन् २००१ मा बेलायत आएका खड्का नेपालमा दांग जिल्लाका हुन् । सन् २०१० मा सदस्यता लिएपछि उनी लिबेरल  डेमोक्रयाट पार्टीमा सक्रिय बनेका थिए । बेलायतमा डेढ दशकदेखि खाद्य उद्योगमा टेक्निकल मेनेजरको रुपमा कार्यरत उनी अहिले फुड साइन्समा विद्यावारिधी समेत गर्दैछन् । 

 

 

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 1 hour ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 4 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 4 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।