एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • बुधबार, १० असोज, २०७५
  • 2 months ago
  • नेपाल

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

 

आफ्नै घरमा सुतिरहेको बेला छिमेकमा बस्ने एक व्यक्तिले एसिड प्रहर गरि घाइते बनेकी सम्झना दासको काठमाडौँमा उपचारको क्रममा अम्रिटी भएको थियो । 

 

ज्यान गुमाएकी सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्न गौरको विपी चोकमा आज दिप प्रज्वलन गरिएको हो ।

 

मधेस मिडिया प्रा.लि.का अध्यक्ष युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा समेतको उपस्थिति रहेको थियो ।

 

दीप प्रज्वलन कार्यक्रम पश्चात बोल्दै सासंद झाले सम्झना दसलाई सरकारबाट क्षतिपूर्ति दिलाउने उद्घोष गर्दै आरोपीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरेका थिए । झाले सम्झना दास संग भएको घट्नाले सम्पूर्ण समाजलाई नै पाठ सिक्नु पर्ने बताए ।

 

उनले कुनैपनि व्यक्तिले आफु संग गलत व्यवहार अथवा संकास्पद क्रियाकलाप गर्न खोजे नजिकको शुरक्षा निकायलाई गुहार्न आग्रह गरेका थिए ।

 

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामकिशोर यादवले दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए । उनले दास माथि एसिड प्रहार गर्ने रामबाबु पासवानलाई पनि कडा सजाय हुनुका साथै पीडित परिवारले सरकारबाट उचित राहत उपलब्ध गराउने माग समेत गरेका थिए ।

 

कार्यक्रममा डा.शेख कौशर आलम, खानेपानी तथा डिभिजन कार्यालय गौरका प्रमुख अनिल प्रसाद केसरी, नेपाल तरुण दल रौतहट सभापति मो. नौशाद आलम, युवा नेता प्रकाश सिंह, समाजसेवी मिथिलेश झा, राजपा नेपालका अनिल कुमार सिंह, विवेक यादव, राकेश झा, शेख जमशैद आलम, मो. कलाम आलम, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, युवा नेता रन्धिर सिंह, सितान्सु सिंह, लडु पटेल र संचारकर्मी दिनेश यादव लगायतको सहभागीता रहेको थियो ।

 


थप समाचार

दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

  • 43 minutes ago
दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो ।

चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

  • 1 hour ago
चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

बेइजिङ । चिनीयाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

  • 1 hour ago
तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

काबुल । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

काठमाडौं । हामी स्वस्थ रहनका लागि दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।