एक महिनाको लागि डिसहोमको २०८ वटै च्यानल निःशुल्क

काठमाडौँ । डिसहोमले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहोमको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ।

 

डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५००० उपलब्ध गराएको र ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइ मार्फत घरैमा रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो । यसको अलावा पनि केही ग्राहहरुले रिचार्ज नगरी रहेको हुँदा पनि डिसहोमले यस्तो व्यवस्था गरेको हो।

 

डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्ये सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन्।

 

विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारीका कारण देशभर लकडाउन गरिएका कारण अधिकांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपाएर रिचार्ज गर्न नपाएका ग्राहकहरुलाई मध्यनजर गरी यो कार्यक्रामहरु घोषणा गरेको हो। 

 

यस अघि नै सिनेमा हलहरु बन्द भएको अवस्थालाई मध्यनजर गर्दै डिसहोमले सिनेमा घरको सुविधा उपलब्ध गराएको थियो भने डिसहोमका १०८ र ८८८ च्यानलमा नयाँ नयाँ फिल्महरू पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएको थियो।

 

डिसहोमले २०८ वटा च्यानलहरू प्रसारण गरिरहेको छ। लकडाउनको बेलामा घरमा बस्नाका लागि डिसहोम एकदमै भरपर्दो साथी बन्दै आएको छ।


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 6 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।