हाेस् गर्नुहाेस्, सम्बन्धविच्छेद हुने कारण यस्ताे पनि हुनसक्छ

सांकेतिक तस्वीर

एकजोडी श्रीमान्–श्रीमती सम्बन्धविच्छेद निर्णयमा पुग्न के के कारण हुनसक्छन् ? पारस्परिक अविश्वास र असमझदारी नै मुख्य कारण हो । तर यो अविश्वास र असमझदारी पैदा हुने कारण भने सामान्यदेखि असामान्य दुवै हुन सक्छ ।

 

विश्वभर सम्बन्ध विच्छेदका अनेकन् किस्साहरू सुन्न पाइन्छ । यस्तै एउटा अनौठो किस्साको सिर्जना भारतको मध्य प्रदेशस्थित एक पारिवारिक अदालतमा भएको छ ।

 

उक्त अदालतमा सम्बन्धविच्छेदको लागि श्रीमतीले दिएको निवेदनमा श्रीमानको रहनसहन चित्त नबुझ्नुलाई कारण देखाइएको छ । निवेदनमा श्रीमतीले आफ्ना श्रीमान्ले ननुहाने, चिसो रुमाल खाटमा फ्याँक्ने र दाह्री नकाट्ने लगायतका कुराहरूलाई कारण देखाएकी छिन् ।

 

समाचारहरूमा जनाइएअनुसार उक्त दम्पत्तीले सन् २०१६ मा अन्तरजातीय विवाह गरेका हुन् । युवती ब्राम्हण हुन् र युवक सिन्धी समाजका हुन् । विवाहको एक वर्षसम्म दुईजनाबीच सबैकुरा राम्रै चल्यो तर अब उनीहरुबीच झगडा सुरु भएको छ ।

 

श्रीमतीका अनुसार उनका श्रीमान् सर–सफाइमा ध्यान दिँदैनन् । उनी दाह्री काट्दैनन् चिसो मौसममा धेरै दिनसम्म नुहाउँदैनन् । दुर्गन्ध लुकाउनका लागि उनी परफ्यूम छर्कन्छन् । चिसो रुमाल ओछ्यानमा फाल्छन् । श्रीमानको रहन–सहन ठिक नभएकै कारण आफु सम्बन्धविच्छेदको निश्कर्षमा पुगेको युवतीले बताइन् ।

 

यस सम्बन्धमा उनका श्रीमानको पनि आफ्नै अडान छ । उनले आफू श्रीमतीको हातको खेलौना नभएको बताएका छन् । उनले भनेका छन्, ‘मैले आफ्नो जीवनयापन कसरी गर्ने भनेर म आफैं निर्धारण गर्छु ।’

 

दुई श्रीमान्–श्रीमती रहन–सहनको कुरामा यति अडिग छन् कि उनीहरू जसरी पनि सम्बन्धविच्छेद चाहन्छन् ।


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 6 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।