सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

  • बिहीबार, १० साउन, २०७५
  • 1 month ago
  • नेपाल

सल्लेरी ।  सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । 

 

आव २०७३-७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४-७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ । 

 

सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम विवाह, कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी मुख्य कारण रहेको जिल्ला अदालतका नायब सुब्बा भगिश्वर रसाइलीले जानकारी दिए । यस्तै आव २०७४÷०७५ मा जबर्जस्ती करणीका मुद्दा २० वटा परेका छन् । 

 

मेलमिलापका लागि पठाइएका ४६ वटा मुद्दामा जम्मा १६ वटा मुद्दामात्र मेलमिलाप भएका छन् । मेलमिलाप हुन नसक्नुका कारणमा सम्बन्धित व्यक्ति उपस्थित नहुनु, मुद्दा दायर गरेर पनि छलफलमा नआउनु र वारेसनामाजस्ता कारणले मेलमिलापबाट छिनोफानो हुने मुद्दाको संख्या कम भएको अदालतको भनाइ छ । 

 

यसैगरी गाली बेज्जतिमा १० मुद्दा परेको र १० वटै फैसला भएका छन् । संगठित अपराधका मुद्दा चार वटा परेकामा दुई फछ्र्योट भए । कर्तव्य ज्यान मुद्दामा चार मुद्दा परेको र चारवटै फैसला भएको जिल्ला अदालतले जानकारी दिएको छ । 

 

जिल्ला अदालतलाई ७५ प्रतिशत मुद्दा फैसला गर्न दिएको लक्ष्यअनुसार ७६ दशमलव ८२ प्रतिशत मुद्दाको फैसला भएको अदालतका नायब सुब्बा रसाइलीको भनाइ छ । 


थप समाचार

आर्सनलले एभर्टनलाई हरायो

  • 5 minutes ago
आर्सनलले एभर्टनलाई हरायो

काठमाडौं । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनलले एभर्टनविरुद्ध २–० गोलको जित निकालेको छ । आर्सनलले घरेलु मैदान इमिरेट्समा सम्पन्न खेल प्रतिस्पर्धात्म भए पनि घरेलु टोलीले अंक जोडेक

फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

  • 15 minutes ago
फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ।

के अब अश्लील वेबसाइट बन्द होलान् ?

  • 38 minutes ago
के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेल



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।