Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार

सुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार


काठमाडौँ। सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दशैं–तिहारलाई लक्षित गरी ‘बाडौं खुशी, चढौं सुजुकी’ नामको नयाँ अफर सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत सुजुकी बाईक खरिद गर्ने ग्राहकले नगद छुटदेखी एक्सचेन्जमा अतिरिक्त मूल्यांकन सम्मका सुविधा पाउनेछन्।

कम्पनीका अनुसार यस वर्षको दशैं–तीहारमा सुजुकीका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले तत्काल १० हजार नगद छुट पाउनेछन्। यसैगरी सुजुकीको नयाँ बाईकसंग सुजुकीकै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्यांकन र अन्य ब्रान्डको पुरानो मोटरसाइकल दिएर सुजुकीको नयाँ बाईक एक्सचेन्ज गर्दा १० हजार अतिरिक्त मूल्यांकन पाउन सकिने कम्पनीले जनाएको छ।

सो नयाँ स्किम अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र एक वर्षको सडक कर निशुल्क पाउनेछन्। साथै हरेक १५ दिनमा लक्कि ड्रमार्फत एकजना भाग्यशाली बिजेतालाई १० ग्राम सुनको सिक्का उपहार दिने कम्पनीको भनाई छ।

सुजुकीको नेपाली बजारमा बर्गम्यान, एभेनिस र एक्सेस सहित तीनवटा मोडलका स्कुटर उपलब्ध छन् भने मोटरसाइकलमा हायते, जीक्सर र इन्ट्रयुडर छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

Techie IT