आज पनि बढ्यो डलरको भाउ, रेकर्डमाथि रेकर्ड बन्दै

  • बिहीबार, २१ भदौ, २०७५
  • 2 months ago
  • अर्थ

काठमाडौं । बिहीबार पनि डलरको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले जनाएअनुसार अमेरिकी अर्थतन्त्र  मजबुत बन्दै गएकाले पनि डलरको भाउ बढ्दै गएको हो ।

 

नेपाल राष्ट्र बैंकले १ डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ११ रुपैयाँ तोकेको छ । बुधबार राष्ट्र बैंकले १ डलरको खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ रुपैयाँ तोकेको थियो । उक्त रेकर्ड पनि तोड्दै आज थप कीर्तिमानी कायम गरेको हो ।

 

डलरको भाउ निरन्तर बढ्दै जाँदा आयतमुखी बजारले धानेको नेपाली अर्थतन्त्रमा प्रभाव पर्ने अर्थविद्हरुले औल्याइसकेका छन् । प्रायः हरेक वस्तुहरु आयात गर्नुपर्ने नेपालबाट अन्यत्र थोरै मात्राम वस्तुहरुको निकासी हुने गरेकोले यसको प्रभावले नेपाली अर्थतन्त्र थलिनसक्ने सम्म अर्थविद्हरुले औल्याएका छन् । 

 

यद्यपी डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी क्षेत्रमा फाइदा हुनेछ ।


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 8 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 9 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 9 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।