Techie IT
२०८० चैत्र ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थविद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने

विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने


काठमाडौँ। सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ।

आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ। जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य लिइएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, “सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व सङ्कलन गर्ने कार्यका लागि सहजीकरण गरिनेछ।”

यसैगरी केन्द्रीय बैकले यसअघि नै विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा गरेको अध्ययनका आधारमा थप कार्य अगाडि बढाउने भएको छ। सूचना प्रविधिलगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने चालु आवको मौद्रिक नीतिमा उल्लेख छ।

विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरुले गर्ने कारोबारको राफसाफ कार्यलाई ‘प्रिन्सिपल अफ फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चर’सँग सामञ्जस्य हुने गरी यस बैंकको प्रणालीमार्फत फछ्र्यौट हुने व्यवस्था मिलाउने मौद्रिक नीतिमा उल्लेख छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार सामान्य बढ्याे

काठमाडौँ । शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २७ अङ्कले बढेर दुई हजार

सुन चाँदीको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंकका अनुसार छापावाला सुनको मूल्य प्रतितोला

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव

नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग…

काठमाडौँ । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी

हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानन्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले इटहरी शाखा– २ लाई इनरुवा नगरपालिका–१ मा स्थानन्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि

नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा

Techie IT