नेपालमै डलर फलाउने ‘अराविका कफी’

  • शनिबार, २३ भदौ, २०७५
  • 1 week ago
  • अर्थ

पोखरा ।  “नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भने । 

 

उनका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग भएपनि हालको नेपालको उत्पादन वार्षिक ४६६ मेट्रिक टन मात्र छ, जसमध्ये ९६ मेट्रिक टन मात्र निर्यात हुने गरेको छ । 

 

नेपालमा उत्पादित कफी विशेषगरी जापान, कोरिया, क्यानडा, अमेरिका, बेलायत भारत लगायतका देशमा निर्यात हुने गरेको छ । 

 

यहाँको अराविकास जातको कफी बाहिरी देशमा अत्याधिक रुचाइने भएकाले कफी बगैँचामा फूल फूल्दाकै अवस्थामा उत्पादनको अवस्था अनुमान गरी विभिन्न कम्पनीमार्फत डलरमा खरिद हुने गरेको निर्देशक पोखरेलले जानकारी दिए । 

 

पृथ्वीमा अराविका, रोआस्टा, लाइबेरिका र एक्सेल्सा गरी कफीका प्रमुख चार जात हुनेमा यसमध्येको नेपाल र आसपासका क्षेत्रमा पाइने अराविकाका करीब ३० प्रजाती छन् । 

 

भौगोलिक अवस्थितिका आधारमा ७०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइका साथै भिरालो, छहारी भएको उत्तरपूर्वी मोहोडायुक्त स्थानमा कफीको राम्रो उत्पादन हुन्छ । 

 

भूगोलअनुसार नेपालका कूल ४३ जिल्ला कफीको उत्पादनयोग्य स्थान भएको कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिनुभयो । कफी उत्पादनको इतिहास खोतल्ने हो भने यसको पहिलो खेती गुल्मीको आँपचौरमा भएको पाइन्छ । 

 

पहिलोपटक विसं १९५५ मा एक सन्यासी हीरा गिरीले बर्माबाट लठ्ठीमा बाँधेर ल्याएको कफी बेवारिसे अवस्थामा आँपचौरमा लगाइएको थियो । 

 

त्यसयता विकसित हुँदै गएको कफीखेती विस्तार हुँदै यसले व्यावसायिक रुप लिँदै जान थालेको छ । उत्पादनको विश्व इतिहास पल्टाउने हो भने झण्डै १७ औँं शताब्दीतिर इथियोपियाको कफा प्रान्तमा कालदी नाम गरेका गोठालाले कफी पत्ता लगाएका थिए । 

 

किम्बदन्तीअनुसार पादरीका बाख्रा चराउने क्रममा उनले जङ्गलमा फलेका कफीका दाना खाएर बाख्रामा फूर्तिलोपन देखेपछि त्यसको प्रचारप्रसार गरेका थिए । 

 

त्यस समयमा मृत्युदण्ड सुनाइएका दुईजना व्यक्तिलाई कफी खुवाएपछि त्यसबाट अन्य कुनै असर नदेखिएको र शरीरमा स्फूर्ति बढेको पाएपछि यसलाई खाद्यवस्तुका रुपमा पहिचान गरिएको पाइन्छ । 

 

नेपालको झण्डै दुई तिहाई भू–भाग कफीयोग्य भए पनि त्यसतर्फ अझै चासो बढ्न नसकेको सरोकारवाला बताउँछन् । विश्वमा माग अत्यधिक रहेको नेपालको अराविका कफी उत्पादनका प्रचुर सम्भावना भए पनि त्यसको उपयोग हुन नसकेको निर्देशक पोखरेलको धारणा छ । 

 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले गरेको अध्ययनका क्रममा कास्कीको ढिकुरपोखरीमा एउटै बोटमा ८५ किलोसम्म कफी फलेको पाइएको छ । 

 

एक रोपनीमा झण्डै एक सय कफीका बोट लगाउन सकिने अध्ययनले देखाएको छ । निर्धारित मूल्यअनुसार अराविका कफीको दाना टिप्ने क्रममा नै ‘ए’ ग्रेडको प्रतिकिलो ८३ रुपैयाँ छ भने ‘बी’ ग्रेडको प्रतिकिलो ७८ रुपैयाँ छ । 

 

एउटा बोटमा सरदर १० किलो मात्र फलाउन सके पनि एक रोपनीमा लगाइएको कफी खेतीबाट कृषकले वार्षिक ४०÷५० हजार रुपैयाँ आम्दानी गर्न सक्ने देखिन्छ । अन्य खेतीको तुलनामा कफीबाट चार गुणा बढी फाइदा हुन्छ । 

 

पछिल्ला समयमा गुल्मी, कास्की, स्याङजा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी (उपल्लो भेग), गारखा, लमजुङ, ललितपुर, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, धनकुटा, ते¥हथुम, पाँचथर, प्यूठान, पाल्पा, सोलुखुम्बुलगायतका जिल्लामा कफी उत्पादनमा कृषक आकर्षित बन्दै गएका छन् । 

 

नेपालको झण्डै ११ लाख हेक्टरमा कफीको बगैंँचा तयार गर्न सकिने भए पनि हाल दुई हजार ६४६ हेक्टरमा मात्र कफीको बगैँंचा तयार गरिएको छ ।

 

 कफीका लागि छहारी आवश्यक हुने र कफीलगायतका ठाउँमा घाँस जातका रुख इपिलइपिल, बकाइनो, बडहर लगाउन सकिने हुँदा योसँगै पशुपालन पनि सँगै गर्न सकिने सम्भावना रहेको कृषि प्राविधिक बताउँछन् । 

 

कफीखेतीलाई व्यावसायिक बनाउन विभिन्न जिल्लामा कफी उत्पादन संस्था एवं सहकारी गठन गरी सामूहिक प्रयास थालिएको छ । 

 

जिल्ला कफी उत्पादक सहकारी सङ्घ लिमिटेड कास्कीका अध्यक्ष आनन्द सुवेदीका अनुसार यी संस्थाका माध्यमबाट कफी उत्पादक कृषकलाई तालीमका साथै उत्पादित कफीको बजारीकरणमा सहयोग पु¥याइएको छ । 

 

कफीका क्षेत्रमा काम गर्ने गरी विभिन्न २४ वटा संस्था बोर्डको पोखरास्थित क्षेत्रीय कार्यालयमा दर्ता भई काम गरेका छन् । 

 

कफीको विस्तारका लागि कार्यालयले यसवर्ष मात्रै एक लाख ६० हजार कफीको बिरुवा वितरण गर्नुका साथै एकसय किलो बीउ पनि वितरण गरिसकेको छ । 

 

कफी उत्पादनका लागि उपयुक्त भू–भागको सदुपयोग गर्दै विश्व बजारको मागअनुरुप फूल फूल्दै डलर फलाउन सकिने हुँदा यसतर्फ राज्यस्तरको प्रयासका साथै सामुदायिक सचेतता आवश्यक देखिएको सरोकारवाला बताउँछन् । 

 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 1 hour ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 1 hour ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 7 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।