IIMS College

ISMT

HUB Education

रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

डोल्पा । नेपाल टेलिकमको रिपिटर टावर कम हुँदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट,  पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् । 

 

नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जिल्लाको मौरे, रसीकोलेकमा रिपिटर टावर रहेको जानकारी दिए । उनले भने “कोरियान स्याटेलाइटबाट जोडिएका टावरबाट एकपटकमा १६ व्यक्तिले मात्र फोन गर्न मिल्ने छ । ” 

 

माइक्रोवेभमा नजोडिएका कारण डोल्पाका अधिकांश स्थानीयवासी सञ्चार सेवा सहजरूपमा प्रयोग गर्न पाएका छैनन् । उपल्लो डोल्पाको सहरतारामा कोरियन स्याटेलाइट प्रविधिलाई विस्थापित गरेर माइक्रोवेभबाट चल्ने टावर जोड्ने काम शुरु भएको छ ।  

 

हिमापात जारी रहेकाले दुुई महिनादेखि काम अवरुद्ध भएको टेलिकमले जनाएको छ । 

 

जिल्लामा दुुई मात्र रिपिटर टावर हुँदा सबै ठाउँमा रहेका टावरमा लिङ्क जोड्न समस्या भएको  प्राविधिक भट्टराईले जानकारी दिए ।

रिपिटर टावर कम भएकै कारण जिल्लामा महिनैपिच्छे टावरमा समस्या आउने गरेको छ । 

 

जिल्लाका सबै टावरलाई माइक्रोवेभमा जोडेर सञ्चालन गरे मात्र यहाँको सञ्चार सेवा प्रभावकारी हुने टेलिकमले जनाएको छ । स्याटेलाइटबाट एकपटक १६ जनाले फोन गर्न मिल्ने र इन्टरनेट चलाउँदा धेरै महङ्गो हुने गर्दछ ।

 

महङ्गो तथा कम गति भएका कारण दैनिक फोन गर्न मोबाइलमै पालो कुर्नुपर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । डोल्पामा नयाँ दुई टावरको निर्माणकार्यसमेत जारी रहेको बताइएको छ । टेलिफोन सेवा प्रभावकारी नहुँदा काम गर्न समस्या भएको  प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

 

मुडेकेचुला गाउँपालिकामा नयाँ टावर थपेर काम शुरु भएको छ । अहिले भारी हिमपात हुने भएकाले टावरमा बढी समस्या आएको टेलिकमले जानकारी दिएको छ । सबै ठाउँका टावर माइक्रोवेभमा जोड्नका लागि रिपिटर टावर थप्नुपर्ने टेलिकमले जनाएको छ ।


थप समाचार

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

  • 2 minutes ago
कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञा

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

  • 24 minutes ago
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा आइतबार बिहान वालुवाटारमा विशेष कार्यक्रमको आयोजन

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 30 minutes ago
बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछि ब



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।