प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल डिस्चार्ज

Education Park

हेटौँडा । मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । 

 

यही जेठ १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । 

 

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको थियो । उनी अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो । मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो । जेठ २९ र ३० गते हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौँडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार परिषद् बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ । रासस


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 43 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 46 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 54 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।