एकीकृत वस्ती र प्रदेश नं ३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौँ । अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण ग¥यो । 

 

एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार समाहित एकीकृत वस्ती निर्माण गर्न खोजिरहेको छ । यस योजनालाई अघि बढाउन काठमाडौँ महानगरपालिका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय उपभोक्ताबीच त्रिपक्षीय सम्झौताको तयारी भइरहेको बताइएको छ । 

 

 

अभियानका संयोजक मचाराजा महर्जनले नरदेवीमा बनाउन खोजिएको एकीकृत वस्तीको योजना र अहिलेसम्म भएका काम कारवाहीबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । 

 

प्रत्युत्तरमा मुख्यमन्त्री पौडेलले एकीकृत वस्तीबारे विस्तृत योजना, लागतका साथै त्यसमा स्थानीय जनताको पूरापूर सहमति भए यस्तो योजनालाई परिणाममुखी बनाउन सकिने वचन दिएका थिए ।

 

अधिकारकर्मी मल्लले ऐतिहासिक आधार एवं पुष्ट्याइँ र जनभावनाको कदर हुने गरी प्रदेश नं ३ को नामकरण गर्ने काममा मुख्यमन्त्रीको सकारात्मक पहलकदमीका लागि आग्रह गरेका थिए । 

 

मुख्यमन्त्री पौडेलले नामकरणको विषयमा प्रदेशसभाकै निर्णय सर्वोपरी हुने भएकाले उसैको जिम्मामा छाड्नु पर्ने धारणा व्यक्त गरेका थिए । 

 

प्रतिनिधिमण्डलमा प्रदेश नं ३ का सांसद वसन्त मानन्धर र नेवाः जागरण मञ्चका संयोजक सुजीव बज्राचार्य पनि थिए । 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 2 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 3 hours ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 3 hours ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।