कम्युनिष्ट सरकार असफल बनाउन गर्भनर डा. नेपाल सक्रिय

  • आइतबार, २० साउन, २०७५
  • 9 months ago
  • अर्थ

काठमाडौँ । केन्द्रीय बैंकका गर्भरनमा डा. चिरञ्जिवी नेपाल छन् । उनी नेपाली काँग्रेसको खास कार्यकर्ता हुन् । अझ भन्दा उनी सुजाता कोइरालाको कारिन्दा हुँदै पछिल्लो पटक डा. रामशशरण महतलाई ढोगेर वा नजराना बुझाएर नेपाल राष्ट्र बैंकको गर्भनर बन्न सफल भए । 

 

प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन वाम गठबन्धन र हालको नेकपाले निर्वाचन जितेपछि राजीनामा दिएर मार्ग प्रशस्त गरिदेलान् भन्ने धेरैको अपेक्षा थियो । 

 

तर उनले त्यसो गरेनन् । विवादित अर्थमन्त्री डा. युवराज खतिवडाको आडमा पछिल्लो पटक उनले वर्तमान सरकारलाई असफल बनाउने योजनामा उनी लागिपरेका छन् । त्यसको खास र पछिल्लो उदाहरण हो उनले भूकम्प पीडितलाई सहुलियतमा दिइएको ऋणको व्याज बढाइएको छ । 

 

केहीदिन पहिलको बैठकमा नेपाल मजदुर किसन पार्टीका सांसद प्रेम सुवालले भने बैंक तथा वित्तीय संस्था साहु महाजन जस्ता भए ।

 

भूकम्प पीडितले घर तथा आवास निर्माणका लागि लिएको सहुलियतपूर्ण ऋणमा महिनै पिच्छे ब्याज रकम बढाउँदै लगेका छन् । सुरुमा २ प्रतिशत ब्याजदरमा ऋण पाएका भूकम्प पीडितको ब्याज पछिल्लो समयमा बढेर १३ प्रतिशत पुगेको छ । 

 

सांसद सुवालले बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले कुनै पनि हस्तक्षेप नगरेको र बैंकहरु असनमा छाडा छाडेको साँढे जस्ता भएको गुनासो गरे । सरकारले भूकम्प पीडितलाई सहज रुपमा घर तथा आवास निर्माणका लागि भन्दै सहुलितपूर्ण तबरले ऋण दिने व्यवस्था ग¥यो ।

 

सहुलियतपूर्ण दिने बैंकलाई सरकारले केही विषयमा छुट समेत दियो । करलगायतका विषयमा समेत केही सहुलियत प्रदान गर्यो । तर बैंक तथा वित्तीय संस्थाले पछिल्लो दिनमा पीडितलाई दिएको ऋणको ब्याज बढाउँदै बढाउँदै न्यूनतम १३ प्रतिशत देखि अधिकतम १४ प्रतिशतसम्म पु¥याएको सांसद सुवालको भनाइ थियो । 

 

आवासीय ऋण सुविधास्वरूप दुई प्रतिशत ब्याजदरमा ऋण पाइरहेका भूकम्पपीडितहरूको सुविधा अवधि सकिएको भन्दै बैंकहरुले पछिल्लो दिनमा व्याजदर परिवर्तन गर्दै आएका छन् । समस्या जताततैबाट आएपनि राष्ट्र बैंकले समस्या समाधानका लागि हालसम्म कुनै पहल गर्न सकेको छैन ।

 

केन्द्रीय बैंकले समस्या समाधानका लागि सामान्य छलफल भएको भएपनि कुनै निष्कर्षमा पुग्न नसकिएको बताएको छ ।

 

विद्यमान ऐन नै परिवर्तन गरी समयावधि बढाउने वा कुनै शोधभर्नाबाट उपलब्ध गराउनेलगायतका विषयमा छलफल भएपनि कुने निष्कर्षमा पुग्न सकिएको छैन । बैंकबाट ऋण लिएर करिब १२ सय भन्दा बढी भूकम्प पीडितले  घर तथा आवास निर्माण गरिरहेको तथ्यांक पुनः निर्माण प्राधिकरणसँग रहेको छ । महिना पिच्छे नै सहुलियतपूर्ण ऋणको ब्याज बढ्न थालेपछि भूकम्प पीडित सबैभन्दा बढी समस्यामा पर्ने देखिएको छ ।

 

बैंकहरुले सहुलियतपूर्ण ऋण लिएका भूकम्प पीडितलाई अरु सामान्य ऋणीसरह नै १३ देखि १४ प्रतिशत व्याज उपलब्ध गराउनुपर्ने भन्दै धमाधम पत्र पठाएका छन् । बैंकहरुले धमाधम पत्र पठाएपछि भूकम्प पीडितहरु थप मर्कामा परेका छन् । व्याजको डरमा ऋण लिन चाहने पीडितले त लिएनन्  नै लिएकाले समेत चर्को व्याजमा पर्ने अवस्था आएपछि समस्या बढ्दै गएको छ ।  केन्द्रीय बैंकले दिएको सुविधा प्रयोग गरेर बैंकहरुले त्यस्तो सहुलियपूर्ण ऋण प्रदान गरेका थिए । तर त्यस्तो सुविधाको अवधि सकिएको दावी नीजि क्षेत्रका बैंकहरुले गरेका छन् ।

 

दश वर्षसम्म सहुलियतपूर्ण ऋण पाएको भन्दै खुसीका साथ घर बनाउन थालेका पीडितहरु भने बैंकको तारन्तराको पत्र पछि थप समस्यामा मात्रै परेका छैनन् अन्योलग्रस्त समेत बनेको छन् । उनीहरुले सरकारको घोषणा केवल जनता झुक्याउनका लागि मात्रै भएको गुनासो गरेका छन् ।

 

एउटा निर्णय भएपछि त्यसको कार्यान्वयनको विधिमा समेत सहजता र प्रष्टताको जरुरी थियो । न त पुनः निर्माण प्राधिकरणले स्पष्ट निर्णय गर्यो, न त केन्द्रीय बैंकले नै आवश्यक निर्देशन दियो । नीतिगत रुपमा रहेको कमजोरीको फाइदा उठाएर बैंकहरुले पीडितलाई थप पीडित बनाएको छ । समस्या चुलिदै गएपनि अर्थमन्त्रालयले हालसम्म कुनै पहल गरेको छैन ।

 

जानकारहरुले भने नीतिगत रुपमा नै रहेको कमजोरी सच्याए मात्रै समस्याको समाधान हुने सुझाव दिएका छन् । सरकारले उपत्यकावासीका लागि रु २५ लाख र अन्य जिल्लाका भूकम्प पीडितका लागि रु १५ लाखसम्मको आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा लिन पाउने व्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्थाले भूकम्प पीडितका लागि रु एक अर्ब ८२ करोड ऋण लगानी गरेको तथ्यांक छ ।

 

पुनः र्निर्माण प्राधिकरणले समस्या देखिने वितिक्कै अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरे पनि हालसम्म कुनै पनि निर्णय नभएको बताउँदै आएको छ । सरकारी नीति भूकम्पपीडितलाई थप पीडा दिने खालको रहेको भन्दै कतिपयले यसको आलोचना गरिरहेका छन् । सामूहिक जमानीमा भूकम्पपीडितलाई ऋण सुविधा दिने व्यवस्था पनि सरकारकै अस्पष्ट नीतिकै कारण प्रभावहीन बन्दै गएको देखिन्छ । 

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 1 hour ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 1 hour ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।