IIMS College

ISMT

HUB Education

सरकारले डा. केसीका माग सम्बोधन गर्नुपर्नेमा जोड

  • बिहीबार, २८ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा ।  नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । 

 

मागको सुनुवाइभन्दा परिस्थितिलाई थप जटिल बनाउने काम भइरहेको भन्दै अन्तरक्रियाका वक्ताले तत्काल मागको सुनुवाइ गर्दै सत्याग्रहीको जीवन रक्षातर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । 

 

कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान सत्याग्रहीको जीवन जोखिममा पार्ने काम भइरहेको बताउँदै चिकित्सा क्षेत्रको सुधार गर्नुको साटो चिकित्सा क्षेत्रको व्यापार भइरहेको विचार व्यक्त गरे । 

 

वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले डा केसीले उठाएका माग सम्बन्धमा सरकारले सुनुवाइ गर्नुपर्ने धारणा राख्दै उनले थालेको सामाजिक परिवर्तनको बाटोलाई सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गरे । 

 

नागरिक समाजका सुरेन्द्र थापा मगरले डा केसीका मागलाई संवादका माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

 

वरिष्ठ पत्रकार नारायण कार्कीले देशैभरिका नागरिक समाजको आवाजअनुरुप डा गोविन्द केसीका मागको पक्षमा जुट्नुपर्नेमा जोड दिए । 

 

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले डा केसीले नेपाली जनताको साझा माग उठाउनुभएको बताउँदै मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताए । 

 

समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि रामबहादुर पौडेल, नेपाल मेडिकल एशोसिएशन गण्डकीका अध्यक्ष डा निर्मल लामिछाने, नर्सिङ एशोसिएशनकी क्षेत्रकुमारी केसी, ठाकुर बराल, इन्द्रकमल मानन्धर लगायतले डा गोविन्द केसीका मागकाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । 

 


थप समाचार

फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

  • 10 minutes ago
फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

पोखरा । ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन

कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

  • 10 minutes ago
कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

एजेन्सी । उत्तर कोरियाले आयत गर्ने सामानमा कडा चेक जाँच गरेरमात्र भित्राउन निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला उत्तर कोरियाले पनि कोरोना भाइरसबाट आफ्ना जनताहरुलाई सुरक्षित राख्न

ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

  • 32 minutes ago
ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने रकम ५ लाख निजको परिवारलाई हस्ता



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।