राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित
- बुधबार, १० असोज, २०७५
- 4 months ago
- युके
लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।
यहि सेप्टेम्बर १७ देखि २१ सम्म लण्डनमा सम्पन्न संगठनको १ सय २२ औं अधिवेसनले डा सुवेदीलाई सन् २०१९ को लागि समितिको अध्यक्ष निर्वाचित गरेको लण्डनस्थित नेपाली दूतावासले जानकारी गराएको छ । डा सुवेदी यसअघि मेक्सिकोमा सम्पन्न १सय २१औं अधिवेशनमा सो समितिको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उक्त अधिवेसनले नेपाललाई संगठनको मूल समिति ( कोर ग्रुप) र तथ्याङ्क समितिको कार्यकारी सदस्य पदमा समेत निर्वाचित गरेको छ ।
अधिवेसनमा डा. सुवेदीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धिप्रसाद उपाध्याय, लण्डन दूतावासका काउन्सेलर शरदराज आरण, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत लक्ष्मण पोखरेल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सल्लाहकार डा. बद्रीप्रसाद बस्ताकोटी र लण्डन दूूतावासका तृतीय सचिव भूपेन्द्र प्रसाद घिमिरे सदस्य रहेको नेपाली प्रतिनिधिमण्डल सहभागी बनेको थियो ।
नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कफी संगठनका अध्यक्ष एली टाउर, कफी उत्पादक राष्ट्रहरुको समूह संयोजक तथा प्रवक्ता एवम् संगठनका लागि ब्राजिलका स्थायी प्रतिनिधि हर्मानो रिबेइरोसँग शिष्टाचार भेट गरी संगठनमा कफी उत्पादक राष्ट्रहरुको हक,हित र कल्याण एवं नेपालको कफी उत्पादन र बजार प्रवद्र्धन तथा संगठनमा नेपालको सक्रिय सहभागिता सम्बन्धमा द्धिपक्षीय वार्ता गरेको थियो ।
उक्त अधिवेसन अवधिभर लण्डन दूतावासले नेपाली कफीसम्बन्धी प्रचार प्रसार र सामग्री वितरण गर्न अधिवेसनस्थलमा स्टल राखेको थियो। अधिवेसनको औपचारिक उद्धाटनका दिन दूूतावासले नेपाली कफी रिसेप्सनको आयोजना गरेको थियो।
सन् २०१७ मा मात्र संगठनको पूर्ण सदस्यता प्राप्त गरेको नेपालले डेढ वर्षभित्र उक्त संगठनमा प्राप्त गरेको सफलतालाई संगठनका सदस्य राष्ट्रहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिएको दूतावासले जनाएको छ ।
थप समाचार
भारतको मणिपुरबाट उद्धार गरिएका १७९ नेपालीलाई काठमाडौँ ल्याइँदै
- 3 minutes ago

काठमाडौँ । भारतको मणिपुरबाट उद्धार गरिएका १७९ जना नेपालीहरुलाई झापको काँकडभिट्टा ल्याइएको छ । मणिपुरको इम्फालबाट आइतबार १ सय ७९ नेपालीलाई एकैपटक उद्धार गरेको हो । माइती नेपालका अध्यक्ष विश्वर
चीनपछि पाकिस्तानले पनि दियो भारतलाई कडा जबाफः युद्ध नै गर्ने हो भने हामी पनि तयार
- 8 minutes ago

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले लगाइरहेको आरोपको अन्ततः कडा प्रतिक्रिया दिएका छन् । जम्मु काश्मिरमा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तान र चीनलाई आतंकवादीहरु संरक्षण गरेको आर
देशकाे प्रधानमन्त्री केपी ओली कि कमल थापा ? तस्वीर हेरेर नझुक्किनुहाेला...
- 17 minutes ago

काठमाडौँ । राजसंस्थाको पुनःर्स्थानपना र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । राप्रपा अध्यक्ष थापा मंगलबार पार्टीका
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
विचित्र विश्व
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।