कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

काठमाडौँ ।  भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ । 

 

उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुनेछ । 

 

कोलकातामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरुले अभिनय गर्ने थिएटर मलकी प्रबन्ध निर्देशक इलिना नकर्मीले जानकारी दिए । 

 

सो महोत्सवमा भाग लिन २० जनाको नाट्य टोली आज भारततर्फ प्रस्थान गर्दैछ । नेपालबाट गार्डेन थिएटरको ‘मिस्टर फक्स एण्ड स्कुल बोय’ को टोलीले समेत महोत्सवमा भाग लिनेछ । 

 

कोलकाताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने उक्त नाट्य महोत्सव आगामी असार तीनदेखि सात गतेसम्म सञ्चालन हुनेछ । 

 

नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंकालगायत आठ देशका १६ वटा नाटक सो महोत्सवमा मञ्चन गरिनेछन् । 

 

कोलकातामा ‘उपियाँ’ निवन्ध ४०औँ पटक मञ्चन गरिन लागेको हो । प्रेरणा विद्याश्रमले २०६८ सालमा रुसी साँस्कृतिक केन्द्रमा आयोजना गरिएको बाल नाटक महोत्सवमा उपियाँको पहिलो पटक मञ्चन गरेको थियो । स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा उपियाँमा प्रस्तुत गरिएको छ । 

 


थप समाचार

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

  • 2 minutes ago
‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

  • 6 minutes ago
प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

काठमाडौँ, । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्

प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

  • 9 minutes ago
प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।