ISMT

HUB Education

जान्नुहोस्, यस्ता खाले सपना किन देखिन्छ ?

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।

 

सपना विभिन्न किसिमका -डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी- हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ । अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ ।

 

यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ ।

 

महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ । यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो ।

 

अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ । अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।

 

यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो ।


थप समाचार

अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

  • 6 hours ago
अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् ।

यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

  • 6 hours ago
यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

एजेन्सी । बलिउड विश्वमा छुट्टै पहिचान बनाएको फिल्मी दुनियाँ हो । बलिउडको चर्चा विश्वमै हुने गर्छ । बलिउड आँफैमा ठूलो परिवार रहेको छ, भने यस क्षेत्रभित्र पनि आफ्ना श्रीमान–श्रीमतीको छुट्टै पहिचान रहेको

घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

  • 7 hours ago
घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।