१० दिनमा ५ किलो तौल घटाउनः कुन समयमा कति पानी पिउने ?

एजेन्सी । पानी जीवनका लागि नभई नहुने तरल पदार्थ त हुँदै हो, त्यसबाहेक पनि पानीका विभिन्न फाइदाहरु छन् । पानी रिस कम गर्न, स्वास्थ्य कायम राख्न लगायतका अनगिन्ती प्रयोजनका लागि पानीको प्रयोग गरिंदै आइएको छ ।

 

त्यतिमात्र होइन पानी मोटोपन कम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने तथ्य पनि सार्वजनिक भएको छ । जब शरिरमा पानी पर्याप्त मात्रामा पुग्छ,शरिरका अंगहरुले सही तरिकाले काम गर्दछन् । जब अंगहरुले सही तरिकाले काम गर्दछन, शरिरको मेटाबोलिजमको राम्रो हुन्छ । जति मेटाबोलिजम बढि हुन्छ त्यती नै तौल घट्छ ।

 

धेरै पानी पिउनाले क्यालोरी बर्न गर्ने क्षमता पनि बढ्छ । एक अध्ययनका अनुसार पानी पिएको १० मिनेट भित्रै रेस्टिङ इनर्जी एक्सपेण्डिचर २४ देखी ३० प्रतिशत सम्म बढ्छ । यसरी जति धेरै पानी, त्यति धेरै क्यालोरी बर्न गर्ने क्षमता बढ्दै जान्छ । तर यसका लागि भने मोटोपनका शिकार भएकाहरुले पानी पिउन केही विधि अपनाउनुपर्ने हुन्छ ।

 

यसरी पिउनुहोस् पानीः

 

बिहान उठ्ने वित्तिकै 

 

दिनको सुरुवात पानीसँग गर्नुहोस् । खाली पेटमा करिब डेढ गिलाँस पानी पिउनाले शरिरको तौल घटाउन महत्वपूर्ण भूमीका खेल्छ । 

 

उठ्ने वित्तिकै पानी पिउनु किन पनि महत्वपूर्ण छ भने यदि तपाईंको बिहान चिया पिउने बानी छ भने चिया वा कफीका कारण हुनसक्ने एसिडिटिबाट पनि यसले बचाउँछ जसका कारण तौल क मगर्न पनि मद्दत पुग्दछ ।

 

खाना खाने बेलामा

 

खाना खानुभन्दा आधा घण्टा अघि एक गिलाँस पानी पिउनुहोस् । यसले तपाईंको भोक केही कम गराउँछ जसका कारण तपाईंले आफुलाई आवश्यक पर्ने ठिक्क कखाना मात्र खानुहुन्छ र अनावश्यक पोषणहरुबाट बच्न सुक्नुहुन्छ ।

 

त्यस्तै खाना खाइसकेपछी तातो पानीलाई चिया जसरी लिनुहोस् यसले पनि तपाईंको मोटोपन क मगर्न सहयोग गर्छ ।

 

दिनमा

 

एकै चोटी धेरै पानी पिउनु भन्दा थोरै थोरै गरेर दिनमा ८–१० पटक पानी पिउनुहोस् । यसले शरिरमा पानी कम हुन दिँदैन । भोक कलागेको समयमा पनि पानी पिउनुहोस्, किनकी यसले पननीले तपाईंको भोक क मगर्न मद्दत गर्छ र तपाईंलाई अनावश्यक खानपानबाट बचाउँछ ।

 

त्यस्तै जुस, सफ्ट ड्रिङक सट्टा पानी नै पिउनुहोस् । यसले शरिरमा सुगरको मात्रा कम गर्न र तौल घटाउन सहयोग गर्छ ।

 

बेलुका

 

सुत्नु भन्दा केहि समय पहिले पानी पिउनुस । यसले विहान शरिरबाट टक्सिन्स बाहिर निकाल्न सहयोग गर्दछ ।

 

 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 8 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 9 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 9 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर