तामाको भाँडामा राखिएको पानी पिउँदा यस्तो फाइदा

आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

 

  • तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
  • तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा ९ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड० मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।
  • थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।
  • तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।
  • जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
  • यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
  • एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।
  • तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।
  • यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ ।

थप समाचार

काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

  • 9 seconds ago
काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

काठमाडौं । नेपाली काँग्रेस चितवनका पूर्व कार्यवाहक सभापति एवँ पूर्व सांसद तीर्थराज भुसालको नेकपा प्रवेशप्रति उनका परिवारजनले आश्चर्य प्रकट गरेका छन् । नेता भुसालले चालेको उक्त कदमलाई उनकै श्रीम

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

  • 10 minutes ago
मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेक्सिको सिटी । मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ ।

स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

  • 17 minutes ago
स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।