के तपाईलाई पानी पिउन आउँछ ?

हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।

 

हाम्रो जीवनमा दैनिक रूपमा डेढदेखि दुई लिटरसम्म पानी आवश्यक हुन्छ । हामी धेरैको पानी पिउने बानी उस्तै छ । पायौँ भने एकैपटकमा एक लिटरसम्म पिउने, नपाए तिर्खा घटाएर पनि बस्ने । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्दछ । पानी एकैपटक धेरै खाँदा किड्नीमा ओभरलोड हुन्छ र समस्या उत्पन्न हुन्छ ।

 

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गानहरू खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ ।

 

हाम्रो शरीरमा डेढदेखि दुई लिटर पानीको मात्रा भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ ।

 

लामो समय पानी नपिउँदा कहिलेकाहीँ मानिस बेहोस हुन सक्छ । यस्तो अवस्थामा पानी पिउन सकिएन भने ज्यानसमेत जान सक्छ ।

 

पानी कम हुँदा हाम्रो छालामा असर पर्छ । पानीको कमीले छालामा सुक्खापन आउने, चाउरी पर्नेजस्ता समस्या देखा पर्न सक्छन् । यति मात्रै होइन, शरीरमा एलर्जी हुन सक्छ । स्वस्थ छालाका लागि हामीले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । पानीसँगसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ । फलफूल, सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्दछ ।


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 11 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 12 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 12 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर