पानी पिउँदा यी कुराहरुमा ध्यान दिने कि !

हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।

 

हाम्रो जीवनमा दैनिक रूपमा डेढदेखि दुई लिटरसम्म पानी आवश्यक हुन्छ । हामी धेरैको पानी पिउने बानी उस्तै छ । पायौँ भने एकैपटकमा एक लिटरसम्म पिउने, नपाए तिर्खा घटाएर पनि बस्ने । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्दछ । पानी एकैपटक धेरै खाँदा किड्नीमा ओभरलोड हुन्छ र समस्या उत्पन्न हुन्छ ।

 

  • बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गानहरू खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ ।
  • हाम्रो शरीरमा डेढदेखि दुई लिटर पानीको मात्रा भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ ।
  • लामो समय पानी नपिउँदा कहिलेकाहीँ मानिस बेहोस हुन सक्छ । यस्तो अवस्थामा पानी पिउन सकिएन भने ज्यानसमेत जान सक्छ ।
  • पानी कम हुँदा हाम्रो छालामा असर पर्छ । पानीको कमीले छालामा सुक्खापन आउने, चाउरी पर्नेजस्ता समस्या देखा पर्न सक्छन् ।
  • यति मात्रै होइन, शरीरमा एलर्जी हुन सक्छ । स्वस्थ छालाका लागि हामीले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । पानीसँगसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ । फलफूल, सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्दछ ।

थप समाचार

पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

  • 13 minutes ago
पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

काठमाडौं । महासमितिको तय तिथि आइसक्दा पनि काँग्रेसको नयाँ विधान मस्यौदामा सहमति जुट्न नसकेपछि महामन्त्री डा. शशांक कोइरालाले बीचको बाटो प्रस्तावित गर्नुभएको छ । गत बुधबार पार्टी केन्द्रिय कार्यालय सान

कालो चिया पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदा !

  • 20 minutes ago
कालो चिया पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदा !

काठमाडौं । हामी अधिकांशले चिया भन्नेबित्तिकै दूधलाई छुटाउन नहुने सम्झन्छौं । साथै हामीले स्वादका कारण पनि कमैले मात्र कालो चियाको प्रयोग गर्ने गछौं । तर, दूध चियाको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हान

अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

  • 42 minutes ago
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।