IIMS College

ISMT

HUB Education

डा. केसीकाे १६औँ अनशन आज अपराह्न साढे चार बजेबाट

  • बुधबार, २५ पुष, २०७५
  • 11 months ago
  • नेपाल
फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको सहमति विपरीतको चिकित्सा शिक्षा विधेयक पारित गरेकै दिन डा. केसी १६ अनशन बस्ने भएका छन् ।

 

समितिको बुधबार बसेको बैठकले प्रतिवेदन पारित गरेपछि केसीले अनसनको तयारी गरेका हुन् । उनले बुधबार अपराह्न ४ः३० बजे इलाममा पत्रकार सम्मेलन गरेर अनशन सुरु गर्ने जानकारी दिएका छन् ।

 

केसीले इलाम नगरपालिकाको फुलगाछीमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयको पुरानो भवनमा अनसनको तयारी गरेका छन् ।

 

समितिले बहुमतले पारित गरेको विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले फरक मत राखेको छ । काँग्रेसले डा. केसीसँग गरिएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै फरक मत राखेको हो ।

 

२३ सदस्यीय समितिमा नेकपाका १५, कांग्रेसका ६ र राजपाका २ जना सांसद छन् । कांग्रेस सांसद्‍ गगन थापाले समितिको बैठकमा सरकारले डा. केसीसँग सम्झौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए ।

 

उनको फरक मतसहित समितिमा रहेका सदस्यको बहुमतले उप–समितिबाट समितिमा पेश गरिएको विधेयक सामान्य  छलफल गरी पारित गरेका थिए।

 

बैठकमा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले सम्झौता अनुसार विधेयक पारित गरिएको दाबी गरेका छन्। 


थप समाचार

साढे ५ लाख नगदसहित मण्डेकाजीलाई सम्मान

  • 23 minutes ago
साढे ५ लाख नगदसहित मण्डेकाजीलाई सम्मान

भक्तपुर । कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलाई मध्यपुर नगरपालिकाले साढे पाँच लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

  • 34 minutes ago
आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

  • 36 minutes ago
अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

एजेन्सी । अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स ९आइएस० समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।