ओमबहालमा भाइले गरे दाइको हत्या
काठमाडौँ। काठमाडौँको ओमबहालमा भाइले आफ्नै दाइको हत्या गरेका छन्। सोमबार राति १२ बजे काठमाडौँ महानगरपालिका– २३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको हो।
घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोप छ। आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए।
घटनापछि फरार रहेका भाइ सुरजलाई प्रहरीले काठमाडौँ– २५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्
बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले
काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको
काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको