ISMT

HUB Education

लण्डन विमानस्थलमा ड्रोन उडाउने दुईजना पक्राउ

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

बेलायत । बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

 

इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि विमानस्थलमै अलपत्र परेका थिए । 

 

ग्याटविक विमानस्थल तीन दिनसम्म बन्द भएका कारण झण्डै एक लाख २० हजार यात्रु अलपत्र परेका थिए । बुधबार बेलायतको दोस्रो सबैभन्दा व्यस्त क्याटविक विमानस्थलको आकाशमा ड्रोनहरु देखा परेका थिए । प्रहरीले उक्त घटनालाई आपराधिक कार्य भन्दै ड्रोन उडाउने व्यक्तिको खोजी तिव्र बनाएको थियो । 

 

प्रहरी अधिकृत जेम्स कोलिसले ड्रोनको आपराधिक प्रयोगको अभियोगमा दुई व्यक्तिलाई ससेक्स प्रहरीले पक्राउ गरेको जानकारी दिए । आगामी दिनमा पनि थप ड्रोन आक्रमणका घटना हुनसक्ने भन्दै प्रहरीले सूचना प्राप्त गर्न सबै विकल्पहरु खुला राखेको उनले बताए । 

 

प्रहरीले लन्डनको दक्षिणतर्फ कुनै ड्रोन उडेको देखिए खबर गर्न आम सर्वसाधारणलाई अनुरोध पनि गरेको छ । शुक्रबार विमानस्थल खुला गरिए पनि अर्को ड्रोन देखिएसँगै केही समय विमानस्थल पुनः बन्द गरिएको थियो । 

 

ससेक्स प्रहरीले रहस्यमयी ड्रोन सञ्चालकको खोजी गर्न प्रहरी अधिकारीहरुले विभिन्न उपाय अवलम्बन गरिसकेको जनाएको छ । तिव्र गतिमा हुने विमानमा ड्रोन ठोक्किए त्यसले अकल्पनीय क्षति पुग्न सक्दछ । 

 

अधिकारीहरुले छुट्टी मनाउने सिलसिलामा बिमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई विमानस्थल जानुअघि हवाई सेवाको पछिल्लो अवस्था बुझ्न आग्रह गरेका छन् । 

 

ग्याटविक बिमानस्थलका प्रवक्ताले शुक्रबार बिहानका लागि निर्धारित ४१२ वटा विमान आगमनमध्ये ९१ वटा रद्द गरिएको तथा ३७१ मध्ये ६४ वटा प्रस्थान उडान रद्द गरिएको जानकारी दिए । 

 

बिहीबार ड्रोनका खतरा रोक्न सेनाको समेत सहयोग लिइएको थियो । रक्षा मन्त्रालयले ड्रोन पत्ता लगाउने विशिष्ट उपकरण सहितको सैनिक टोली परिचालन गरिएको जनाएको छ । 

 

ग्याटविक बिमानस्थलको समस्याका बारेमा सरकारी अधिकारीहरुको आपतकालीन बैठक समेत बसेको छ । बेलायको कानुन अनुसार ड्रोनहरु विमानहरुको नजिक वा विमानस्थलको एक किलोमिटरभित्र वा ४०० फिटभन्दा माथि उडाउन पाइन्न । कानुनको उल्लङ्घन गर्नेमाथि पाँच वर्षसम्मको जेल सजाय हुन सक्दछ । 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 4 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 4 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।