IIMS College

ISMT

HUB Education

लुकाएर ल्याउँदै गरेको लागुऔषध बरामद, चारजना पक्राउ

सांकेतिक फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । 

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो । 

 

उनीहरुका साथबाट नुफिन ५५ एम्पुल, फेनारगन ५५ एम्पुल, डाइजेपाम सेरिजेक ५५ एम्पुल, फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट र नाइट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । 

 

यसैगरी लु१ख ६३९० नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा कावासोती–८ बाट प्रहरीले म्याग्दी साबिक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ । उनको साथबाट फेनारगन ४३ एम्पुल, नुफिन ४३ एम्पुल, डाइजेपाम सेरिजेक ४३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । 

 

पक्राउ परेकालाई लागुऔषध ओसारपसारविरुद्धको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश थापाले बताए ।


थप समाचार

यूकेका ४ वटै राज्यका प्रतिनिधि समेटेर बिस्तार गरियो राज्य समन्वय विभाग

  • 7 hours ago
यूकेका ४ वटै राज्यका प्रतिनिधि समेटेर बिस्तार गरियो राज्य समन्वय विभाग

गैर आवासीय नेपाली संघ ( एनआरएनए ) यूकेको राज्य समन्वय विभाग बिस्तार भएको छ । विभागका संयोजक एवम एनआरएनए यूके सचिव कोशलेश्वर ( कृष्ण ) ढकालले विभाग लाई पुर्णता दिइको जनाए ।

मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

  • 9 hours ago
मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको 'संगै जिउने संगै मर्ने..' बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ ।

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट नारायणकाजी विजयी

  • 9 hours ago
राष्ट्रियसभाः गण्डकी प्रदेशबाट नारायणकाजी विजयी

काठमाडाैँ । राष्ट्रियसभाको महिला सदस्यमा गण्डकी प्रदेशबाट नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ण निर्वाचित भएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

आर्टिफिशियल किड्नी

आर्टिफिशियल किड्नी

एजेन्सी । विज्ञानले पछिल्लो समय निकै ठुलो विकास गरिसकेको छ । दिनहुँ नयाँ कुराहरु बाहिर आइनै रहेका छन् । नयाँनयाँ अनुसन्धानका कारण मानिसहरु विभिन्न विकल्पबारे थाहा पाउन थालेको छन् भने कतिपय प्रयोगमा पनि आइसकेका छन् । किड्नीका विरामीहरुलाई खुशीको खबर ।