IIMS College

ISMT

HUB Education

धादिङमा हालसम्मकै ठूलाे मात्रामा चरेस बरामद, तीन भारतीय पक्राउ

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । 

 

काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नम्बरको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । 

 

भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बट बनाइ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद गरएको हो । 

 

प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओम प्रकाश र साहु भारत मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खान रहेका छन् । प्रहरीले ट्रक सहचालक समेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन । 

 

उनीहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारी साधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको पहिलो पटक हो 


थप समाचार

सप्तकोसी !

  • 9 hours ago
सप्तकोसी !

सप्तरी । सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोसी ब्यारेज । सातवटा कोसी नदीबाट बनेको यसलाई सप्तकोसी भनिएको हो । नेपालमा पर्यटन वर्ष २०२० सुरु भएसँगै यहाँ पर्यटक अवलोकन तथा भ्रमण गर्न आउनेको भिड लाग्ने ग

दारे (भाले) मृग

  • 9 hours ago
दारे (भाले) मृग

जिल्ला डिभिजन वन कार्यालय रुकुम (पूर्व) बसेको घरको रेलिङमा टाउको अल्झिएको अवस्थामा फेला परेको मृग । रेलिङमा टाउको अल्झिएको कारण निस्कन खोज्दा टाउकोमा गहिरो चोट लागेको कारण सुरक्षित साथ जिल्ला वन कार्य

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

  • 9 hours ago
यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

एजेन्सी । भन्ने गरिन्छ की मानिसको सबैभन्दा इमान्दार र वफादार साथी कुकुर हो । कुकुरहरु मिलनसार हुनुका साथै समझदार पनि हुन्छन् । तर कुकुरहरुमा पनि यस्ता प्रजातिहरु छन्, जुन एकदमै खतरनाक हुने गर्दछन् । यसै सन्दर्भमा विश्वका पाँच खतरनाक कुकुरहरुबारे चर्चा गरौं ।