उपत्यकाबाट २७ मेट्रिक टन फोहर व्यवस्थापन

  • शनिबार, २३ भदौ, २०७५
  • 2 weeks ago
  • नेपाल

काठमाडौँ ।  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

 

वाग्मती सफाइ महाअभियानको २७८ औँ हप्तामा बानेश्वर क्याम्पस अघिको नदीमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २० संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

 

लामो समयदेखि नदी किनारको फोहर उठन नसक्दा दुर्गन्ध फैलिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । 

 

“आजको सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन भएको छ, फोहर नउठाउँदा नदी किनारमै थुप्रो लागेको छ, यसले नदी फोहर हुने सम्भावना बढेको छ”, उनले भने । 

 

वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २३९ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरेको छ । नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजनमा भएको सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँललगायत जनप्रतिनिधिको सहभागिता थियो । 

 

आइतबार परेको बाबुको मुख हेर्ने औँशीको अघिल्लो दिन मन्दिर परिसर सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । कुहिने फोहर त्यही गाडियो । नकुहिने फोहर सोमबार बिहान व्यवस्थापन गरिने छ । मन्दिर परिसरमा आइतबार र सोमबार पनि निरन्तर सफाइ गरिने जनाइएको छ । 

 

सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनीमैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाको पनि सक्रियता थियो । 

 

रुद्रमती सफाइको २३३औँ हप्तामा रातोपुल–मैतीदेवी–सेतोपुल–रुद्रनगरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिए । 

 

विष्णुमती सफाइको २०५ औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजुमा सफाइ गरियो । सफाइमा तीनवटा सुरक्षा निकायसहित २५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक विजेन्द्र लामाले जानकारी दिए । 

 

यसैगरी मनोहरा सफाइको ७६ औँ हप्तामा बालकुमारीस्थित नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथ सफाइको ७४ औँ हप्तामा तिलगङ्गा–गैरीगाउँ पेट्रोलपम्पसम्म सफाइ गरियो । ३५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई बताए । चक्रपथको दायाँबायाँ पनि फोहरको डङ्गुर थुप्रिएको उनले बताए । 

 

आलोकनगर सफाइको ७४ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै घरदैलोमा गई जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको संयोजक प्रमिला पौडेलले बताए । त्यस क्षेत्रमा लगाइएको रुद्राक्षको बिरुवा गोडमेलसमेत गरियो । वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको ८८ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

 

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । 

 

 


थप समाचार

नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

  • 7 minutes ago
नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।

पप्पु कन्स्ट्रक्सनलाई पुरस्कृत गरिएकामा विरोध

  • 18 minutes ago
पप्पु कन्स्ट्रक्सनलाई पुरस्कृत गरिएकामा विरोध

काठमाडौँ । धेरै पुल र सडक निर्माणको जिम्मेवारी लिएर समयमा काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गरिनुपर्नेमा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन रु दुई अर्बमा बनाउन छनोट गरेर पुरस्कृत गरिए

कागजमा मात्रै तोडियो यातायात एकाधिकार

  • 22 minutes ago
कागजमा मात्रै तोडियो यातायात एकाधिकार

काठमाडौँ । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिएका छन्।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।