फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

  • सोमबार, २५ भदौ, २०७५
  • 7 months ago
  • नेपाल

तुलसीपुर । घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । 

 

उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ । 

 

माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । 

 

एउटा मात्र निवेदन परेपछि उक्त प्रालिलाई नै फोहरबाट ऊर्जा उत्पादन गर्ने दिने सम्झौता गरेको उपमहानगरपालिकाले जनाएको छ । 

 

घोराही उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठले कम्पनीसँग उपमहानगरपालिकाले २० वर्षका लागि सम्झौता गरेको बताए । 

 

कम्पनीसँग सम्झौता भइसकेको र ऊर्जा उत्पादन गर्नका लागि अब संरचना निर्माण कार्य अघि बढ्ने छ । 

 

सम्झौतामा कम्तीमा रु १० करोडको लगानीमा फोहरबाट ऊर्जा उत्पादन हुने छ । 

 

त्यसको लागि राज्यले ४० प्रतिशत दिने र ६० प्रतिशत रकम आफैँ कम्पनीले लगानी गर्नुपर्ने छ । 

 

सम्झौताअनुसार कम्पनीले ग्यास प्लान्ट निर्माण र अन्य आवश्यक पूर्वाधारसमेत आफैँ निर्माण गर्नुपर्ने छ । 

 

उक्त कम्पनीसँग भएको सम्झौताअनुसार २० वर्षसम्म फोहरबाट ऊर्जा उत्पादन गर्नेछ । 

 

सम्झौता सकिएपछि कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए। 

 

छनोट भएको कम्पनीले गल्ने फोहरबाट ग्यास उत्पादन गरी बजार व्यवस्थापन पनि गर्ने छ । त्यसैगरी कम्पोष्ट मलसमेत उत्पादन गर्न सक्ने छ । 

 

अहिले संरचना निर्माणका हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तिम अवस्थामा पुगेको उपमहानगरपालिकाले जनाएको छ । 

 

फोहरबाट ऊर्जा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणस्थलको अध्ययन गरी प्रतिवेदन निर्माणको कामसमेत अन्तिम अवस्थामा पुगेको बताइएको छ । 

 


थप समाचार

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 11 minutes ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 33 minutes ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

यस्ता छन् जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

  • 59 minutes ago
यस्ता छन् जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।