IIMS College

ISMT

HUB Education

नगरपालिकाका १० वडामा इन्टरनेट, ई–हाजिरी शुरु

  • बिहीबार, २८ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कञ्चनपुर ।  भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ ।

 

नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । 

 

नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणाअनुरुप काम कारबाही डिजिटल गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान गर्न थालिएको नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । 

 

“पेपरलेस र डिजिटललाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणालीसमेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । यसअन्तर्गत भीनपा कार्यालयमा टिभी जडान गरिएको छ । चालु आर्थिक वर्षभित्र खुला मञ्चमा एलइडी टिभी राख्ने अर्को वर्ष गड्डाचौकी र भाँसीमा पनि विस्तार गर्ने योजना बनाइएको छ । 

 

एलइडी टिभीबाट नगरपालिकाबाट प्रदान हुने सेवा सुविधासम्बन्धी जानकारी गराइने तथा सूचना र विज्ञापन प्रशारणसमेत गरिने बताइएको छ । 

 

मोबाइल एप्स 

 

उक्त नगरपालिकाले सबै सेवा सुविधा मोबाइलमार्फत जानकारी पाउन सक्नेगरी मोबाइल एप्स तयार गरेको छ । गुनासा र सुझाव पनि दिन सकिने गरी सो एप्स तयार गरिएको हो । 

 

मोइबाल एप्समा नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा सुविधा, सूचना र जानकारी राखिएका छन् । यसको प्रयोगका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर अंग्रेजीमा भीमदत्त मुनिसिपालिटी डाउन गरी हेर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताए । 

 

यसैगरी नगरपालिकाले क्लिन सिटी ग्रिन सिटी र टुरिज्मको मोबाइल एप्स बनाउने भएको छ । यसका लागि तयारी शुरु गरिएको उनले जानकारी दिए । 

 

नगरपालिकामा ई–हाजिरी 

 

भीमदत्त नगरपालिकामा कर्मचारीलाई कार्यालय समयमा नियमित गराउन विद्युतीय हाजिरी (ई–हाजिरी) शुरु गरेकोे छ । 

 

कर्मचारीलाई निर्धारित समयमा कार्यालय आउन र जानका लागि उक्त नगरपालिकाकोे सातौँ बैठकले ई–हाजिरी शुरु गर्ने निर्णय गरेको थियो । 

 

नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तहको निर्वाचनमा नगरपालिकाका सबै सेवा सुविधालाई कागजविहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धताअनुसार कार्यालयबाट ई–हाजिरी शुरु गरिएको बताए । 

 

नौ करोडको लागतमा खानेपानी आयोजना शुरु 

 

शुक्लाफाँटा नगरपालिका– ८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणका लागि बोरिङ गर्न थालिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार ७०० घरधुरी लाभान्वित हुने वडा नं ८ का वडा अध्यक्ष बहादुर महराले बताउनुभयो । 

 

“चुरे फेदीको बस्ती भएकाले गर्मीका बेला खोला सुक्ने गरेका छन्”, उनले भने, “नदी र खोलाको पानीसमेत सुक्छ । 

 

स्थानीय बासिन्दाले शुद्ध पानीका लागि निकै सास्ती खेप्नुपर्ने भएकाले आयोजना निर्माणको कार्य अगाडि बढाइएको हो ।” आयोजना निर्माणपछि सर्वसाधारणले सहजरुपमा शुद्ध पानी पाउने उनले बताए । आयोजना निर्माणको कार्य अगाडि बढेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 23 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 28 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 42 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।