गिद्ध संरक्षणमा संरक्षण विद्को आग्रह

नोम्पेन्ह । क्याम्बोडियाका संरक्षण विद्ले देशमा गिद्ध संरक्षणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिएका छन् । 

 

गिद्धलाई क्याम्बोडियाको एक दुर्लभ चराका रुपमा लिइन्छ । ती चराहरु याम्बोडियामा लोप हुनलागेकोले तिनको संरक्षणमा संरक्षण विद्ले जोड दिएका हुन् । 

 

विषादिको प्रयोग, खानाको कमी र आवश्यक वासस्थानको अभावमा क्याम्बोडियामा गिद्ध लोप हुने अवस्थामा पुगेका भन्दै गिद्ध संरक्षणका लागि सबैको संयुक्त प्रयास जरुरी रहेकोमा उनीहरुले जोड दिएका हुन् । 

 

विश्व वन्यजन्तु संरक्षण समाज, प्रकृति संरक्षण कोषसमेतको समन्वयमा  क्याम्बोडिया गिद्ध संरक्षण संस्थाले विश्व गिद्ध संरक्षण चेतना दिवसको अवसरमा शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो आग्रह गरेका हुन् । 

 

ती संस्थामा कार्यरत संरक्षण विद्ले के कति कारणले गिद्ध लोप हुने अवस्थामा पुगेको हो भन्ने बारेमा आवश्यक अनुसन्धान गरी यस समस्याको सम्बोधनमा लाग्न विश्वमा चरा तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत संस्थालाई आग्रह गरेका हुन् । 

 

गिद्धले मरेका जनावरको मासु खाने भएकोले जनावर मरेपछि कुहिएर त्यसका कारण रोग फैलिन सक्ने खतराबाट पनि गिद्ध कै कारण मुक्ति मिल्ने भन्दै पर्यावरणीय सन्तुलनका लागि पनि गिद्धको संरक्षण आवश्यक रहेको उनीहरुको भनाइ छ ।  

 

क्याम्बोडियाका संरक्षण अधिकारीका अनुसार यहाँ यस क्षेत्रमा कामगर्ने संघ  संस्थाले सन् २००३ देखि गरेको निरन्तरको अनुगमन र अनुसन्धानबाट करिब ५०  प्रतिशतको हाराहारीमा यहाँका गिद्धको संख्यामा ह्रास आएको पाइएको बताएका  छन् । 

 

यसरी दिन प्रतिदिन गिद्धको संख्यामा ह्रास आएकोले संरक्षणका लागि सरकारले नै विशेष कार्यक्रम ल्याउनुपर्नेमा संरक्षणविद्ले सो विज्ञप्तिमार्फत जोड दिएका हुन् । 


थप समाचार

धनगढीमा अत्याधिक गर्मी

  • 25 minutes ago
धनगढीमा अत्याधिक गर्मी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी क्रमशः बढ्न थालेको छ । आज शुक्रबार धनगढीको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशखाले जानकारी दिएको छ ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 38 minutes ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 59 minutes ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।