IIMS College

ISMT

HUB Education

बेलायतमा ‘अर्थ आवर’ सम्पन्न

  • आइतबार, १७ चैत, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सुरेन्द्र इङनाम , केन्ट । विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले शनिबार अर्थ आवर तथा साहित्य गोष्टी सम्पन्न गरेको छ । शाखाले हरेक वर्ष आयोजन गर्दै आएको अर्थ आवर यस वर्ष पनि सम्पन्न गरेको हो । 

 

बिएफबिएस गोर्खा रेडियो शर्नक्लिफका स्टेशन प्रमुख योगराज राई अतिथि रहेको सो कार्यक्रममा तुल छन्त्याल, औतारी साईला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथि रहेका थिए । 

 

संस्थाका अध्यक्ष तथा वातावरण विद बिजय हितानले सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमलाई औपचारिक रुपमा शुरुगर्दै अर्थ आवरको बारे प्रष्ट पारे साथै शनिबार साँझ १ घण्टा बिजुली बत्ति नबालेर ईनर्जी खपत गर्ने, जसले गर्दा वातावरणलाई केहि समय भए पनि बचाउन सकौं भन्ने अभिव्यक्ति दिएका थिए । 

 

सन् २०२० को जुन महिनामा विश्व वातावरण दिवसको दिन पारेर नेपालमा वातावरण साहित्य गोष्टि गर्ने वातावरण साहित्यकार बिजय हितानको रहेको र उक्त्त कार्यक्रमको लागी आर्थिक सहयोग जुटाउनको लागी बेलायतमा रहेका सहयोगीहरुबाट प्रतिब्याक्ति एक पाउण्ड र नेपालमा रहेकाहरुबाट रु १०० सहयोगको आब्हान पनि गरिएको छ । उक्त सहयोग संङ्कलन एक हजार जनाबाट प्राप्त भएपछि बन्द गरिने छ । 

त्यस्तै, कार्यक्रममा भएको कृति समिक्षामा गायक गणेश पुनले भावेश भुमरीको नियात्रा “भिषाको रङ” र साहित्यकार अमित थेबेले निवन्धकार बिजय हितानको “ईको उत्सर्जन” निबन्ध सङ्ग्रहरुलाई समिक्षा गरे । 

 

उपस्थितहरुबाट सेमन्त राईले बाँसुरीको मिठो धुन साथै वातावरण कविता, अमित थेबे वातावरण कविता, सुरेन्द्र इङ्नाम बाँसुरी साथै वातावरण कविता, थिर थापा बाट गीत गायन, लाहाङ् चेम्जोङ् वातावरण कविता, औतारी साईला वातावरण कविता, अंग्रेजी साहित्यकार दोय फेलिसीटी वातावरण कविता, मुरे होलवूड वातावरण कविता, र विश्वासदीप तिगेला द्घारा वातावरण कविताहरु वाचन गरिएको थियो ।

 

कार्यक्रम दिउसो २ बजे शुरु भएर साँझ ५ बजे सकिएको कार्यक्रमलाई संस्थाका सचिव थिर थापाले सञ्चालन गरेका थिए । 


थप समाचार

भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

  • 25 minutes ago
भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

एजेन्सी । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।

केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

  • 28 minutes ago
केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् ।

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

  • 32 minutes ago
कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।