Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलरचिन रविन्द्रले २ शतक प्रहार गर्ने सचिन तेन्दुलकरको कीर्तिमान तोडे

रचिन रविन्द्रले २ शतक प्रहार गर्ने सचिन तेन्दुलकरको कीर्तिमान तोडे


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को ३५ औँ खेल न्यूजिल्याण्ड र पाकिस्तानबीच बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा जारी छ।

यस खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्ने मौका पाएको थियो । न्युजील्याण्डका लागि २३ वर्षका ओपनिङ ब्याट्सम्यान रचिन रविन्द्रको ब्याटबाट उत्कृष्ट शतक प्रहार गरेका छन् ।

रविन्द्रले ९४ बलमा १०८ रनको शानदार इनिङ खेल्दै कैयौं कीर्तिमान तोडेका छन् ।

रविन्द्रले डेब्यु विश्वकपमै तीन शतक प्रहार गर्ने कीर्तिमान पनि हासिल गरेका छन् ।

यस खेलमा कप्तान केन विलियम्सन फर्किएपछि न्यूजिल्याण्डको टोलीले रचिन रविन्द्रलाई ओपनिङ ब्याट्सम्यानको रुपमा खेल्ने निर्णय गरेको थियो । रविन्द्रले सुरुदेखि नै पाकिस्तानी बलरलाई दबाब दिए र डेभन कोनवेसँग पहिलो विकेटका लागि ६८ रनको द्रुत साझेदारी गरे।

यसपछि रविन्द्रले कप्तान विलियम्सनसँग दोस्रो विकेटका लागि १८० रनको साझेदारी गर्दै यो विश्वकपमा आफ्नो तेस्रो शतक पनि पूरा गरे ।

२५ वर्षमुनिको विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने क्रममा रचिन रविन्द्रले २ शतक प्रहार गर्ने सचिन तेन्दुलकरको कीर्तिमान पनि तोडेका छन् ।

रचिनले आफ्नो डेब्यू विश्वकपमा अहिलेसम्म ५२३ रन बनाएका छन् र यो मामिलामा उनी अब २०१९ विश्वकपमा ५३२ रन बनाएका जोनी बेयरस्टोभन्दा पछाडि छन्। रचिन अब आफ्नो पहिलो विश्वकपमा ५०० भन्दा बढी रन बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT