ISMT

HUB Education

ईक्यानको प्रतिनिधिमण्डल लण्डनमा, ब्रिटिश कलेजको स्वागत

  • आइतबार, ५ साउन, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । एजुकेसन कन्सल्टेन्सी एशोसिएसन अफ नेपाल (ईक्यान) को प्रतिनिधिमण्डल अहिले लण्डनमा छ । ब्रिटिश काउन्सिलको निमन्त्रणमा बेलायती शिक्षा व्यवस्थाका बहुआयामिक पक्षहरु नजिकबाट अवलोकन तथा अध्ययन गर्ने र अनुभव आदानप्रदान गर्ने उद्धेश्यले १८ सदस्यीय ईक्यान टोली गतसाता लण्डन आएको हो । 

 

 १ साता लामो बेलायत बसाईंका क्रममा ईक्यानका प्रतिनिधिहरुले बेलायतको शिक्षा तथा संस्कृतिबारे विभिन्न जानकारीहरु लिने र आफ्ना अनुभवहरु बाँड्ने कार्यक्रम रहेको ईक्यान महासचिव शेषराज भट्टराईले जानकारी दिए । 

 

स्कटल्याण्डको एडिनबरा पुगेर त्यहाँस्थित ब्रिटिश काउन्सिलको मुख्यालयमा आयोजित कार्यक्रममा उनीहरु सहभागी भइसकेका छन् । क्याम्ब्रिजसहितका यहाँका विश्वप्रतिष्ठित विश्वविद्यालयहरुको अवलोकन भ्रमण समेत गर्ने उनीहरुको कार्यक्रम छ । 

 

भ्रमण टोलीमा ईक्यान अध्यक्ष विष्णुहरि पाण्डे, पूर्व अध्यक्ष राजेन्द्र बरालसहित ईक्यानका पदाधिकारी, कन्सल्टेन्सी तथा कलेज सञ्चालकहरु छन् । 

 

'शिक्षा क्षेत्रको लागि विश्वकै प्रमुख हब मानिने बेलायतमा आएर प्रत्यक्ष हेर्ने, बुझ्ने र सिक्ने अवसर पाएका छौं', ईक्यान महासचिव भट्टराईले भने, 'हामीले यहाँ संगालेको अनुभव नेपाल लगेर सुदुपयोग गर्न कोशिस गर्नेछौं जसबाट विद्यार्थी, व्यवसायीसहित समग्र शिक्षा क्षेत्र नै लाभान्वित बन्न सकोस् ।' 

 

विदेश पढ्न जाने नेपाली विद्यार्थीहरुलाई परामर्श उपलब्ध गराउने कन्सलटेन्सीहरुको दुई दशक भन्दा बढि पुरानो संस्था हो ईक्यान । अहिले ४ सय बढि कन्सल्टेन्सीहरु आबद्ध रहेको संस्थाले विश्वभरका एजुकेसन कन्सल्टेन्ट ( शैक्षिक परामर्शदाता) हरुको लागि जारी लण्डन स्टेटमेन्ट शीर्षकको आचारसंिहतालाई नेपालमा समेत कार्यान्वय गराइरहेको छ । 

 

ब्रिटिश कलेजको रात्रीभोज

 

बेलायत भ्रमणमा आएका ईक्यानका प्रतिनिधिहरुलाई द ब्रिटिश कलेज टिमले लण्डनमा स्वागत गरेको छ । शुक्रबार सांझ उनीहरुको सम्मानमा कलेजका सिईओ राजन कंडेलले एक रात्रीभोज आयोजना गरेका थिए । 

 

त्यसअवसरमा सिईओ कंडेलले नेपाली विद्यार्थीहरुलाई विदेशमा पढ्ने अवसरका साथै एक्सपोजर पनि आवश्यक रहेको भन्दै त्यसलाई पूरा गर्न ईक्यानले खेलिरहेकोे भुमिकाको प्रशंसा गरे ।

 

ब्रिटिश कलेजले नेपालमै विदेशी गुणस्तरको शिक्षाको लागि पहल गरिरहेको जनाउँदै उनले नेपाललाई दक्षिण एशियाकै एजुकेसन हब बनाउने अभियानमा ब्रिटिश कलेज र ईक्यानबीच सहकार्य हुनुपर्ने धारणा राखे । 

 

ईक्यानका अध्यक्ष विष्णुहरि पाण्डे, पूर्व अध्यक्ष राजेन्द्र बराल लगायतका पदाधिकारीले पनि नेपालको शिक्षा क्षेत्रमा कँडेल ग्रुपको तर्फबाट भइरहेको योगदान सर्हानीय रहेको भन्दै प्रशंसा गरेका थिए । 

 


थप समाचार

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 30 minutes ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

  • 54 minutes ago
गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई

इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

  • 58 minutes ago
इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।