निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकारः अर्थमन्त्री

  • शुक्रबार, १ भदौ, २०७५
  • 8 months ago
  • अर्थ

काठमाडौँ ।  अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । 

 

लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन्। 

 

“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उनले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने बताए । 

 

उनले लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमा जोड दिए । उनले साना व्यवसायलाई बंैकले लगानी नगर्ने भएकाले लघुवित्तले नै लगानी गरेर सहयोग गरिरहेकोसमेत बताए । 

 

मन्त्री खतिवडाले लघुवित्तले उद्यमशीलतासँगै पूँजीमा लगानी गर्नुपर्नेमा जोड दिए । महिला सशक्तीकरणका लागि लघुवित्तले लगानी बढाए, मुलुकले आर्थिक परिवर्तनको पाइला टेक्ने बताउँदै मन्त्री खतिवडाले उद्यमशीलतामा लगानी बढाउँदा लघुवित्तलाई कानूनी र प्राविधिक समस्या परे सरकारले सहयोग गर्न तयार रहेको जानकारी गराए । 

 

अर्थमन्त्री खतिवडाले मुलुकमा ७० प्रतिशतभन्दा बढी गरीब तथा साना परिवार रहेको उल्लेख गर्दै तीनलाई माथि उकास्न लघुवित्तले लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । 

 

आर्थिक उन्नतिलाई माथि उकास्न सरकार लागिपरेको भन्दै उनलेभ भने, “साना तथा मझौला व्यवसायले कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत सहयोग पु¥याएका छन् । त्यसैले ती व्यवसायमा लघुवित्तले लगानी गर्नुपर्दछ ।” 

 

उनले लघुवित्तमाथि लागेको आरोपलाई झूठो सावित गरेर जानुपर्ने भन्दै भूकम्पपछि अर्थतन्त्रमा केही धक्का लागे पनि अहिले पुनःस्थापित हुन थालेकोसमेत जानकारी गराए । कार्यक्रममा लघुवित्त सङ्घका अध्यक्ष पदमना शाक्यले गाउँघरका स्रोतसाधन र सीपलाई परिचालन गर्नेगरी ऋण प्रवाह गर्ने बताए ।

 

उनले लघुवित्तले महिलालाई सशक्तीकरण गर्न सहयोग गरिरहेकोसमेत बताए ।  


थप समाचार

पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

  • 12 minutes ago
पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

काठमाण्डौ । विनाशकारी भूकम्प गएको ४ वर्ष पुग्नु एकदिन अघि धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ ।

आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

  • 23 minutes ago
आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

काभ्रेपलाञ्चोक । पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।

मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

  • 38 minutes ago
मेलमिलापकर्ताको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । मेलमिलाप कार्यलाई थप प्रभावाकारी बनाउन मेलमिलापकर्ताहरुको दोश्रो राष्ट्रिय सम्मेलन वैशाख १६ र १७ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा एक प्रदेशबाट तीन जना उपप्रमुख/उपाध्यक्ष रहनेग



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।